इंग्ल्याण्ड राज्य परिषदमा पहिलो महिला अध्यक्ष आँटिली र शाहसिक राम माया विष्ट बिजयी

लन्डन ।गैरआवासीय नेपाली संघ (एनआरएनए यूके)मा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न निर्वाचनबाट राजेन्द्र पुडासैनीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।

नवनिर्वाचित १२औं कार्यसमितिले आइतबार शपथग्रहण तथा पदभार ग्रहण गरेको छ ।

पुडासैनी नेतृत्वको गैर आवासीय नेपाली संघ यूके इंग्ल्याण्ड राज्य परिषद्को अध्यक्षमा पहिलो महिला अध्यक्ष आँटिली र शाहसिक राम माया विष्ट बिजयी भएकी छन् ।

इंग्ल्यान्ड राज्य परिषद अध्यक्षमा राममाया विष्ट थापाले १०६९ मत पाएर विजयी हुँदा अहिल्या कुंवर ३ सय ४४ मतसहित उपविजेता भइन्।

सन् २०२३-२५ कार्यकालमा इंग्ल्याण्ड राज्य परिषद्मा कोषाध्यक्षको जिम्मेवारी सम्हालेकी उनि अध्यक्ष पदमा निर्बाचित भएकी हुन् ।

मकवानपुरको दामनमा जन्मिएकी थापाले विगत दुई दशकदेखि विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी थिइन् ।

लामो समयदेखि सामाजिक सेवामा तल्लिन थापाले विभिन्न संस्थामा अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, मिडिया सचिव तथा प्रवक्तालगायतका जिम्मेवारी सफलतापूर्वक पूरा गरिसकेकी
हुन् ।

लामो अनुभव र सक्रियताका आधारमा इंग्ल्याण्ड राज्य परिषद्को नेतृत्व लिन अठोटकासाथ आएको उनी बताउंछिन्।