बजेट मंगलबार आउने

काठमाडौं, २६ आषाढ । सरकारले आगामी मंगलबार अर्थात् आषाढ २९ गते नयाँ आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्ने भएको छ । अर्थ मन्त्रालयका सचिव सुमन शर्माले आगामी मंगलबार अर्थमन्त्री डा. रामशरण महतले संसदमा आर्थिक वर्ष २०७२/७३ को बजेट पेश गर्ने जानकारी दिए । बजेट पुनःनिर्माण केन्द्रित हुने बुझिएको छ ।
सामान्यतः सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिइसकेपछि बजेट पेश गर्ने प्रचलन छ । आइतबार प्रधानमन्त्री सुशील कोइरालाले संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने छन् । नीति तथा कार्यक्रममाथि शनिबारको सांसद बैठकमा पनि सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए ।