एनआरएनए युके महिला संयोजकमा बिनु लामिछाने निर्विरोध निर्वाचित

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको महिला संयोजकमा बिनु लामिछाने निर्विरोध निर्वाचित भएकी छन्।

यसै गरी निर्वाचन समितिले सार्बजनिक गरेको विवरण अनुशार महिला संयोजक पदमा बिनुको मात्र उमेदवारी परेपछि उनि सर्वसम्मत बनेकी हुन्।

निर्वाचन समितिले सोमबार प्रकाशन गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा राजेन्द्र पुडासैनी, मनिष खत्री, गोविन्द शर्मा खरेल र काशीराम भण्डारी उम्मेदवार छन्।

उपाध्यक्षमा डा रक्षा थापा, तिलकराम भट्टराई, शम्भुप्रसाद अर्याल, उज्ज्वल कार्की र ज्ञानेन्द्र आले उम्मेदवार  छन् । महासचिवमा पुण्य रेग्मी र दिवाकार पाण्डे उम्मेदवार छन्।

स्कटल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा रामप्रसाद कंडेल र शशी कार्कीको उम्मेदवारी परेको छ भने वेल्सबाट कृष्ण भण्डारी र आयरल्यान्डबाट लिलाराम निउरे निर्विरोध उपाध्यक्ष बनेका छन् ।

त्यस्तै, महिला उपाध्यक्षमा कमला श्रेष्ठ, महिला सचिवमा छमकला न्यौपाने पोखरेल, कोषाध्यक्षमा सरोज थापा, सहकोषाध्यक्षमा दीपक तिमल्सिना र युवा संयोजकमा वासुदेव पोखरेल निर्विरोध भएका छन् ।

दुई जना सचिवका लागि डिएन खराल, भूपाल कार्की र कृष्ण देवकोटासहित तीन जनाको उम्मेदवारी परेको छ।

कार्यसमितिका १२ जना सदस्यहरुमा ११ जनाको उम्मेदवारी दर्ता भएकाले सबै निर्विरोध बनेका छन् ।