एन्जाले गर्यो मिडिया र समुदाय विषयक अन्तरक्रिया

एन्जाको मिडिया र समुदाय विषयक अन्तरक्रिया सिड्नी । अष्ट्रेलियन नेप्लिज जर्नालिष्ट एसोसिएसन (एन्जा) ले आयोजना गरेको “मिडिया र समुदाय” विषयक अन्तरक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । २७ जुन शुक्रवार सिड्नीमा आयोजना गरिएको कार्यक्रममा सञ्चार संस्था र आम समुदायबीचको सम्बन्ध, त्यसमा सञ्चार जगत र नागरिकको भुमिका तथा चुनौती र भावी सम्भावनाहरुबारेमा सहभागीहरुबीच अन्तरक्रिया तथा छलफल गरिएको थियो । अस्ट्रेलियामा बढ्दो नेपाली समुदायको उपस्थिति संगै यहाँका अगुवाहरु, एनआरएनए अभियान्ता लगायत अस्ट्रेलियामा क्रियाशिल विभिन्न संघसंस्थाहरुको आफ्‌नो भूमिका, कर्तव्य र जिम्मेवारी सहित सञ्चार संस्था र बहुसांस्कृतिक समुदायबीच अझै प्रगाढ सम्बन्ध स्थापित गरी अगाडी बढ्नुपर्ने छलफलका क्रममा सुझाव दिएका थिए ।

एन्जाका महासचिव गणेश भट्टले  कार्यक्रमको विषयवस्तु उठानका लागि  नेपाली पत्रकारिताको बिकास बर्तमान अवस्था चुनौती र सम्भावनाको बारेमा कार्यपत्र  राखे त्यसपश्चात लगत्तै पत्रकार र समाजका अगुवाहरु एन्जा अध्यक्ष कृष्ण तिवारी एन्जा संरक्षक चिरञ्जीवी देवकोटा एन्जा संस्थापक अध्यक्ष हेमन्त काफ्ले एन्जा पूर्व अध्यक्ष ऋषि आचार्य तथा समुदायका अगुवा एब एनआरएनएका अभियन्ता अन्तर्राष्ट्रिय समन्वय परिषद आई सी सीका उपाध्यक्ष डा. विनोद श्रेष्ठ, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल एनआरएनए अष्ट्रेलियाका संस्थापक अध्यक्ष मन के.सी रहेका समुह निर्माण गरी प्रश्नोत्तर गरिएको थियो । छलफलमा आमसञ्चार माध्यमको भूमिका, उत्तरदायित्व र आपसी सम्बन्धका विषयमा छलफल गर्दै हरेका विषयमा सञ्चार माध्यमको भूमिका प्रभावकारी हुने बताएका थिए ।

एन्जाका उपाध्यक्ष माधव गैरेको स्वागत मन्तव्य रहेको कार्यक्रममा एनआरएनए  पूर्व अध्यक्ष नन्द गुरुङ, एनआरएनए  महासचिब सन्तोष कुँवर,  नारी निकुञ्जकी अध्यक्ष सञ्जिता चापागाईँ, इन्द्र वन, एनआरएनए अभियन्ताहरु डा. ज्ञानेन्द्र रेग्मी, दिनेश पोखरेल, दिनेशराज जोशी,सन्ध्या शाह,  इरशाद अहमद, रमेश पाण्डे, केशव जोशी, दीपक पाण्डे, मुक्ति पोखरेल, कृष्ण गैरे, विनोद पौडेल,इथान शाक्य, विजय पौडेल, शब्दमाला नेपाली भाषा विद्यालय सचिव दिपक लामिछाने, निम्फा अध्यक्ष लक्ष्मण गुरुङ, तमु समाज अस्ट्रेलियाका अध्यक्ष हिउपति गुरुङ, थारु समाज अस्ट्रेलियाका अध्यक्ष दिप नारायण चौधरी, तामाङ सोसाईटी अस्ट्रेलियाका अध्यक्ष राज पाख्रिन, पूर्व अध्यक्ष, विशाल तामाङ, डा प्रकाश पौडेल, डा मधु पुडासैनी, प्रकाश क्षेत्री, दिवाकर काफ्ले, कृष्ण गैरे, पूर्व एनएडिए अध्यक्ष विवेक थापा,  निरज श्रेष्ठ, अच्युत थापलिया, पदम शाक्य, शिव बंजरा, उषा बारिया पोखेरेल, सनिता लामा, भावना पराजुली, गायिका मोडल तथा सर्जक जेनिशा गौतम, नेपाली रेडियो क्यानबेराका प्रदिप तिमिल्सिना,  अष्ट्रेलियामा काम गर्दै आएका अन्य पत्रकारहरु , समाजसेवी, विद्यार्थी तथा विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।  

छलफल सत्रमा सहजिकरणको लागि फ्लोरबाट एन्जा  सल्लाहकार डिल्ली ढकाल, डा राजु मानन्धर, पूर्व उपाध्यक्ष प्रकाश हुमागाईं, सीता रसाइली, महासचिब गणेश भट्ट, सचिव तक्दीर अधिकारी सदस्यहरु कोम खत्री, बिनायक अधिकारी र गोपाल छन्त्यालले भूमिका खेलेका थिए ।