लण्डनमा थर्ड आईले गर्र्यो नेपाली फिल्म महोत्सवको व्यापक तयारी, बेलायतमै रहेका कलाकार सहित ५ उत्कृष्ट विधामा अवार्डमा प्रदान गर्ने क–कसले पाउने अवार्ड ?

लन्डन । बेलायतमा आगामी मे महिनामा तेस्रो नेपाली फिल्म महोत्सव हुने भएको छ । नेपाली कला र फिल्म प्रवर्धन गरिरहेको लन्डनस्थित थर्ड आईले तेस्रो नेपाली फिल्म महोत्सव अवार्ड प्रदान गरिने भएको छ ।

नेपाली कला, संस्कृति, भाषा साहित्य र चलचित्र उद्योगलाई विश्वव्यापी प्रवर्द्धन गर्ने लक्ष्यसहित थर्ड आई लिमिटेडले लन्डनमा तेस्रो नेपाली फिल्म महोत्सव गर्ने तयारी तीव्र बनाएको हो ।

बेलायतमै रहेका कलाकार सहित ५ उत्कृष्ट विधामा अवार्डमा प्रदान गर्ने उक्त महोत्सवमा विश्वभरबाट ३९८ वटा आवेदन प्राप्त भइसकेको थर्ड आईका अध्यक्ष विकास देवकोटाले जानकारी दिए।

आवेदन परेका मध्ये जुरी (निर्णायक) ले १० उत्कृष्ट चलचित्र छनोट गर्नेछन् जसमा ३ वटा नेपालमै निर्माण भएका चलचित्र हुनेछन्। चयन गरिएका चलचित्रहरू यूकेका विभिन्न शहर र डिजिटल प्लेटफर्महरूमा समेत प्रदर्शन गरिने थर्ड आईले जनाएको छ।

आयोजकले महोत्सवमा सहभागी हुन चाहने चलचित्र नेपाली वा अङ्ग्रेजी भाषामा हुनुपर्ने अथवा नेपाली वा अङ्ग्रेजी सबटाइटलसहित प्रस्तुत गरिनुपर्ने शर्त राखेका थिए।

थर्ड आईका अध्यक्ष देवकोटाले महोत्सव नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान निर्माणमा टेवा पुग्ने ऐतिहासिक अवसर हुने बताए !

हेर्नुहोस् को को छन् सक्रिय समितिमा-फिल्म महोत्सव आयोजक कमिटीमा विकास देवकोटा, सुनिलबाबु खड्का, ओजेश सिंह, प्रजेश श्रेष्ठ, अनिल बस्नेत, सुवसिंह गुरुङ, रोमियन लिम्बु, प्रशान्त खड्का, रविन भारती लगायत छन् ।

लन्डनस्थित ग्रीनफोर्ड टाउन हलमा १८ मेमा शुभारम्भ भएर ३१ मे समापन हुने समारोहमा नेपाल र बेलायतका चर्चित कलाकारहरूले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिने जनाइएको छ। सो अवसरमा कलाकारलाई नेपाली चलचित्रमा उनीहरुले पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान पनि गरिनेछ।