काठमाडौँ, २४ असार । सरकारले नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदा नेपाल राजपत्रमा प्रकाशन गरेको छ । संविधानसभाको गत मङ्गलबारको बैठकले उक्त मस्यौदा सर्वसाधारणको जानकारीका लागि प्रकाशन गर्ने निर्णय गरेबमोजिम सरकारले त्यसलाई बुधबार राजपत्रमा छापेको हो ।
त्यसअघि संविधानसभाले ‘संविधानको विधेयकको पहिलो मस्यौदालाई सैद्धान्तिक सहमति दिई जनताको प्रतिक्रिया प्राप्त गर्नका निमित्त पाँच दिनको छलफलपछि नेपाल राजपत्रमा प्रकाशित गरी सार्वजनिक गरियोस्’ भन्ने प्रस्ताव पारित गरेको थियो ।
नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले पनि आजै संविधानसभामा पेस गरेको जनताको सुझाव लिनेसम्बन्धी कार्ययोजनासहितको प्रस्ताव संविधानसभाले पारित गरेको छ । नेपालको संविधान, २०७२ को मस्यौदामा ३७ भाग, २९७ धारा र सात अनुसूची छन् । कुल १६७ पृष्ठको राजपत्रमा समावेश गरिएको उक्त मस्यौदाको पाँच हजार प्रति छापिएको छ ।
संविधानको प्रारम्भिक मस्यौदा राजपत्रमा






