सिड्नी । फागु पूर्णिमा अर्थात होली पर्वको अवसरमा अस्ट्रेलियाको सिड्नीमा होली हंगामा कार्यक्रम हुने भएको छ । एशोसियसन अफ नेपाल तराई ईन अस्ट्रेलिया (एन्टा) को आयोजनमा मार्च १५ तारिख ग्रानभिल पार्कमा होली मेलाको आयोजना गरिएको छ । यसवर्ष विशेषगरी स्थानीय कलाकारहरुलाई प्राथमिकतामा राखेर होलीको शुभकामना साटासाट र होली पर्व उल्लासमय रुपमा मनाउन लागिएको एन्टाका अध्यक्ष रञ्जित शाहले जानकारी दिए ।
कार्यक्रममा नेपाली विभिन्न मौलिक खानाका परिकार, मौलिक संस्कृती, गायन तथा नृत्य लगायत ह्वाईट स्पट गु्रपको प्रस्तुती रहने उनले बताए । कार्यक्रम अवलोकनका लागि आयोजकले निःशुल्क व्यवस्था मिलाएको छ । अध्यक्ष शाहले विशेषकारण बस केही वर्ष रोकिएको कार्यक्रम यसवर्ष धुमधामका साथ मनाउन लागिएको बताए । उनले नेपाली समुदायको बाक्लो उपस्थिति हुने अपेक्षा व्यक्त गर्दै सबैलाई उपस्थित भईदिन आग्रह गरेका छन् । कार्यक्रममा सुदीन पोखरेल, सोभित बस्नेत, आरिफ रौफ, शुसान्त गौतम, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, समय ब्यान्ड, डीजे नटकेस, मानस राज, जेनिशा गौतमलगायतको प्रस्तुति रहने छ ।







