सिड्नी । एक पछि अर्को गीतहरु सार्वजनिक गर्ने क्रममा चर्चित गायिका अनु चौधरी र आर के थारुको थारु गीत “पंछी दिवाना” सार्वजनिक भएको छ । गीतको अस्ट्रेलियाका विभिन्न ठाउँहरुमा छायांकन गरिएको हो । थारु गीत संगीतलाई अन्तराष्ट्रिय स्तरमा परिचित गर्ने उद्धेश्यले निर्माण गरिएको उक्त गीतमा चर्चित गायिका अनु चौधरी र चर्चित थारु गीत संगीतका गायक आर के थारुले स्वर दिएका छन् । झुम्की प्रोडक्सन्स व्यानरद्धारा निर्मित गीतको म्यूजिक भिडियोमा अरुण आर्यन चौधरी र पुजा चौधरीले मोडलिङ गरेका छन् ।
म्यूजिक भिडियोको निर्देशन चौधरी स्वयंले गरेका हुन् भने छायांकन सन्तोष गुरुङले गरेका हुन् । भिडियोलाई ज्योती चौधरी र जेसन चौधरीले निर्माण गरेका हुन् । गीतमा शब्द तथा संगीत आर के थारू को रहेको छ भने गीतको संगीत संयोजन गणेश चौधरीले गरेका हुन् । गीतको म्युजिक भिडियो झुम्की प्रोडक्सन्न युट्युव च्यानलमा सार्वजनिक भएको छ ।
हेर्नुहोस् सार्वजनिक गरिएको गीत






