एनबीसी यूकेले हुम्लाका बालबालिकाको बौद्धिक विकासमा सहयोग गर्न नयाँ वर्ष उत्सव’ गर्ने

लन्डन । बेलायतस्थित च्यारिटी सस्था नेपलिज ब्रिटिश कम्युनिटी यूके (एनबीसी यूके) ले नेपाली नयाँ वर्ष २०८२ उत्सव’का साथ च्यारिटी डिनर तथा सांस्कृतिक कार्यक्रम गर्ने व्यापक तयारीमा जुटेको छ।

आयोजक एनबीसी यूके संयोजक समीरनाथ प्याकुरेलका अनुसार अप्रिल २१ सोमबार, (इस्टर बैंक हलिडे) का दिन साँझ ६ बजेदेखि ११ बजेसम्म‘नेपाली नयाँ वर्ष २०८२ उत्सव’साथ च्यारिटी डिनर तथा लाइभ कन्सर्ट, डीजे, समूह नृत्य तथा धेरै रोमाञ्चक प्रस्तुती सहित सांस्कृतिक कार्यक्रम गर्ने व्यापक तयारी गरिएको लण्डन नेपाल न्यूजलाई बताए।

उनले च्यारिटीसहित विशुद्ध मनोरन्जनका लागि कार्यक्रम तय गरिएको प्रष्ट्याए ।संस्था स्थापनाको उद्देश्य नै च्यारिटी कार्य गर्नु भएकाले एनबीसी यूके यसमा निरन्तर क्रियाशील रहेको जनाउंदै कार्यक्रममा सहभागी भइदिन सबैमा आग्रह गरे।

“विगतमा जस्तै यसपटक एनबीसी युकेले कार्यक्रमको खर्च कटाएर बचेको रकम हुम्ला सिमीकोटस्थित हिमाली श्रवण अपांगता तथा बौद्धिक अपांगता विद्यालयलाई प्रदान गर्ने निर्णय गरेको उनले बताए ।

बालबालिकाको शिक्षामा सहयोग गरी उनीहरूको उज्ज्वल भविष्य निर्माणमा साथ दिन तथा नेपाली नयाँ वर्षको शुभकामना आदान प्रदान गर्न उत्साह पूर्वक कार्यक्रममा सहभागी भै दिन हामी हाम्रा सदस्य, परिवार तथा सबै शुभचिन्तकहरुमा आग्रह गर्दछौं,” एनबीसी युके अध्यक्ष समिर नाथ प्याकुरेलले भने।

उनका अनुसार उक्त कार्यक्रममा लाइभ कन्सर्ट, डीजे, समूह नृत्य तथा धेरै रोमाञ्चक प्रस्तुतीहरू रहनेछन्। कार्यक्रममा दाजुभाइ ब्याण्डको लाइभ कन्सर्ट, मोना युकेको परम्परागत सांस्कृतिक नृत्य तथा यूके युथ डान्सर ग्रुपबाट युवा नृत्य प्रस्तुत गरिनेछ।

चर्चित कलाकारहरु गायिका सहिमा श्रेष्ठ,गायक सन्दीप न्यौपाने, सुदीप पाण्डे लगायतले लोकप्रिय गीतहरु सुनाएर दर्शकहरुलाई नचाउने छन्। कार्यक्रमको डीजे नेपसोल रहेका छन्।

PLEASE RESERVE YOUR TICKET TODAY!

 https://www.nbc-uk.org/nepalese-new-year-2082/