सिड्नी । बौद्ध धर्मावलम्वीहरुले नयाँ वर्षका रुपमा मनाउने सोनाम ल्होछार तामाङ सोसाईटी अफ सिड्नी न्यू साउथ वेल्सले भव्य रुपमा मनाएको छ । ९ फेब्रुअरी सिड्नीको हर्सफिल मराना अडिटेरियममा एक कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाईएको हो । लामा गुरुहरुको पुजाआजा सहित सुरु भएको कार्यक्रम औपचारिक कार्यक्रम पश्चात समापन गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले विदेशमा आएर पनि नेपाली समुदायको संस्कृती बोकेको चाडपर्वहरुको कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताईन् । उनले नेपाली समुदायको आशा र भरोषा अनुसार काम गर्ने प्रतिबद्धता जनाईन् ।
तामाङ सोसाईटी अफ सिड्नीका अध्यक्ष अविरल तामाङले कार्यक्रममा विगतका वर्षहरु देखि नै गर्दै आएको जानकारी दिँदै यसवर्ष पनि कार्यक्रम भव्य बनेको बताए ।उनले तामाङ समुदायको विभिन्न मौलिक संस्कृती र रहनसहनलाई अस्ट्रेलियामा प्रवद्र्धन गर्ने उद्धेश्यले यस्तो कार्यक्रम गरिएको बताए । त्यस्तै एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले विगतका दिनहरुमा पनि सोसाईटी संग मिलेर काम गरेको भन्दै भविष्यमा पनि सबैसंग सहकार्य गरेर अगाडी बढ्ने बताए । निम्फाका अध्यक्ष लक्ष्मण गुरुङले सबै मिलेर काम गर्नुपर्ने बताए । उनले राजदूतलाई जातिय संघसंस्थाका मागहरुलाई सरकारसंग पुर्याउन मद्धत गर्न आग्रह गरेका थिए ।त्यस्तै तामाङ सोसाईटी अफ सिड्नीका पूर्व अध्यक्ष सुनदोर्जे तमाङले पनि मन्तव्य व्यक्त गरेका थिए ।

औपचारिक कार्यक्रम पश्चात सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको थियो । सो अवसरमा कलाकारहरु तामाङ सोसाईटीका पूर्व अध्यक्ष तथा विभिन्न गीतका सर्जक, गायक दिल तामाङ लगायत स्थानीय कलाकारको बजोड प्रस्तुतीले उपस्थिति अतिथिहरुलाई मनोरञ्जन प्रदान गरेको थियो । नेपालबाट आएका कलाकारहरुको प्रस्तुतीले अझै धेरै मनोरञ्जन थपेको उनको भनाई थियो । कार्यक्रममा तामाङ सोसाईटीका दिर्घ वाईवा, सल्लाहकार निमा वोंजन, तमु समाज सिड्नीका अध्यक्ष हिउपति गुरुङ, किरात सान्ताङ लुङका शशि सुब्बा, किराँत खम्बुराई सोसाईटी एनएसडब्ल्यूका उपाध्यक्ष रितेश राई, शेर्पा एशोसिएसनका छिरिङ् लामा , गुठी अस्ट्रेलियाका अध्यक्ष उमेश नापित, छन्त्याल सोसाईटीका बुद्धिमान छन्त्याल, तामाङ घेदु क्यानबेराका प्रतिनिधि, निम्फा उपाध्यक्ष चित्रा तुम्वाहाम्फे, निम्फाका सचिव चिरक प्रधान लगायत विभिन्न समाजका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।