लण्डन । नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बिपी)लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएको छ ।
यसै सन्दर्भमा लेस्टरमा कांग्रेसले एक कार्यक्रम गरी ४९औँ मेलमिलाप दिवस मनाएको कांग्रेस नेता केशब भण्डारीले लण्डन नेपाल न्यूज लाई बताए ।
नेपाली जनसम्पर्क समिति(एनपीसीसी)बेलायत मिडल्याण क्षेत्रले यही जनवरी ६ सोमबारका दिन लेस्टर सिटीमा ४९ औ राष्ट्रीय एकता तथा मेलमिलाप दिवसको अवसरमा ” बी.पी. ले अवलम्बन गरेको राष्ट्रियताका लागि मेलमिलापको निति र अहिलेको नेपालको राजनैतिक आवश्यकता ” भन्ने बिषयमा एक गोष्ठीको आयोजना गरेको थियोे ।
नेपाली कांग्रेस र यसका भातृ संगठनहरूले २०३३ साल पुस १६ गते बीपी कोइराला, गणेशमान सिंह, शैलजा आर्चाय, खुमबहादुर खड्का लगायत नेता निर्वासन जीवन त्यागेर भारतबाट स्वदेश फर्केको दिनको स्मरणमा मेलमिलाप दिवस मनाइँदै आएका छन्।
मिड्ल्यान्डका सभापति नारायण आचार्यको सभापतित्वमा भएको सो कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि बेलायत भ्रमण रहनु भएका नेपाली कांग्रेसका युवा नेता एवं राजनीतिक विश्लेषक शंकर तिवारीले जननायक बीपी कोईरालाले तत्कालिन अवस्थामा लिएको निर्णयले नै नेपालको राष्ट्रीयता एकता र प्रजातांत्रिक आन्दोलनलई बल पुगेर बताउनु भयो । बीपीको राष्ट्रीय एकताका लागि लिएर मेलमिलाप नीति नेपालको परिवेशमा अहिले पनि त्यति नै आवश्यक रहेको बताउनु भयो । 
कार्यक्रममा विशेष अतिथिको रूपमा बोल्दै नेपाली कांग्रेसका महाअधिवेशन प्रतिनिधि एवं नेपाली जनसम्पर्क समिति युकेका सल्लाहाकार विश्व आदर्श पंडितले आफ्नो ज्यानको प्रवाह नगरी तत्कालीन अवस्थामा दक्षि़ण पूर्व एसियामा देखिएको उतार चडावलाई ध्यान दिई बीपी कोईरालाले राजासंग राष्ट्रीयता सवालमा मेलमिलाप र प्रजातन्त्रको पुन स्थापनाका लागि शान्तिपूर्ण संघर्ष नीति सही सावित भएको र अहिलेको अवस्थामा पनि सान्दर्भिक भएको बताउनु भयो ।
कार्यक्रममा मिडल्याण क्षेत्रका नेपाली समाजका प्रतिनिधि एवं समाजिक अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।
एनआरएनए अभियंता दयानिधि सापकोटा, सोम सापकोटा, महेश अधिकारीले पनि मेलमिलाप दिवसको बारेमा आफ्नो धारणा राख्नु भएको थियो ।
यसैगरी राष्ट्रीय स्वतंत्र पार्टी बेलायत सम्पर्क बिभागका अध्यक्ष पवन शर्मा , प्रवासी नेपाली मंच बेलायतका प्रतिनिधि पशुपति पोखरेल, एनआरएन युके इंल्याण्ड राज्यपरिषदका अध्यक्ष शम्भु अर्याल,बेलायत भ्रमणमा रहेका अभिभावक रत्न प्रसाद अर्यालले मेलमिलाप दिवसको शुभकामना दिनु भएको थियो ।
साझा नेपाली समाजका संस्थापक अध्यक्ष शंकर भण्डारी,सिर्जनशील लेस्टर समाजका अध्यक्ष पुण्डरी अर्याल, ग्रान्थम नेपाली समाजका अध्यक्ष किशोर लामिछाने, शान्ति नेपाली समाजका महासचिव राजेश मणि लामिछाने, काभ्रे सोसाइटी युकेका अध्यक्ष नारायण फुयाल, साझा नेपाली समाजका महासचिव शशांक शर्मा ,समाजसेवी गोविन्द सापकोटा तथा यम कुमारी कंडेलले पनि शुभकामना मन्तव्य दिनु भएको थियो।
यसैगरी एनपीसीसी युकेका पूर्व महामन्त्री शिव तिमिल्सिना , पूर्व कोषाध्यक्ष कृष्ण गुरूंगले पनि मन्तव्य दिएको ४९औ राष्ट्रीय एकता तथा मेलमिलाप दिवसको संचालन एनपीसीसीका पूर्व महामंत्री एवं पिटरवोरो नेपाली समाजका पूर्व अध्यक्ष केशव भण्डारीले संचालन गर्नु भएको थियो भने स्वागत मन्तव्य नेपाली जनसम्पर्क समिति बेलायत मिडल्याण क्षेत्रका उपाध्यक्ष शरद शाहीले गर्नु भएको थियो ।
लेस्टरको हेरिटेज नेपाली रेस्टुरेन्टको हलमा साझ ५ वजेदेखि वेलुका १० बजेसम्म सम्पन्न उक्त कार्यक्रममा सिर्जनशील लेस्टर समाजका पूर्व अध्यक्षहरू प्रेम आले मगर र बलराम चापागाई, शान्ति नेपाल समाज बेलायतका पूर्व अध्यक्ष कोश्लेस्वर ढकाल ,बेलायत भ्रमणमा रहेका अभिभावक रत्न प्रसाद अर्याल, साझा नेपाली समाजका सचिव सुरेश केसी, सिर्जनशील लेस्टर समाजका महासचिव शिव पराजुली, गुल्मी जिल्ला समाजका ट्रस्टी वरूण भण्डारी, ग्रान्थम नेपाली समाजका विष्णु अर्याल , प्रकाश केसी, समाजसेवी महिलाहरू गोमा पौडेल , एन्जी शाही, दुर्गा सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा सभापति नारायण आचार्यले बि पि र अन्य नेताहरुले प्रजातन्त्रका लागी खेलेको भुमिका माथि प्रकाश् पार्दै औपचारिकरूपमा कार्यक्रमको समापन गर्नु भएको थियो । प्रमुख अतिथि शकर तिवारीले आफुले सम्पादन गरेको ” प्रदीप गिरिको नजरमा बि पि कोइराला ” नामक पुस्तक सभापति नारायण आचार्यलाई सौजन्य गर्नु भएको थियो ।






