सोंपाल समाज यूकेले ४ जनवरी ग्रिनफोर्डमा बृहत ल्होसार मनाउँदै

शिब भण्डारी
लण्डन । सोंपाल समाज यूकेले वर्षेनी मनाउँदै आएको ल्होछार बृहत कार्यक्रम गरी मनाउने भएको छ।

४ जनाबरी २०२५ शनिबार लन्डनस्थित ग्रिनफोर्ड टाउन हलमा विविध कार्यक्रम सहित ल्होछार मनाउने भएको हो।

संस्थाका अध्यक्ष जगदीश गुरुङको अध्यक्षतामा कार्यक्रम भब्य हुने ब्यापक तयारी भएको हो।

कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय कलाकारहरु राज बहादुर गुरुड तथा निता गुरुडको बेजोड प्रस्तुति रहने अध्यक्ष जगदीश गुरुङले बताए।

कार्यक्रम समाजकी आमा समुहकी अध्यक्ष श्रीमती मन देबि गुरुङ,तथा उपाध्यक्ष श्रीमती माया गुरुङले ल्होछारको सुभकामना दिदै आफ्नो मौलिक भेषभूषा र गरगहनामा सजिएर कार्यक्रममा सहभागी हुन निम्तो गरेका छन् ।

सोंपाल समाज यूके उपाध्यक्ष एबम कार्यक्रम सयोजक भरत गुरुङले विविध कार्यक्रम सहित ल्होछार मनाउने व्यापक तयारी भएको लण्डन नेपाल न्युज लाई बताए !

कार्यक्रममा उत्साहजनक सहभागिताका लागि सम्पूर्ण दाजु भाई दिदि बहिनि हरुलाई सस्थापक अध्यक्ष बिजय गुरुङ पूर्व अध्यक्षहरु कार्यसमिति ट्रस्टीएबम ल्होसार आयोजक कमिटी सोंपाल समाज यूकेले अपिल गरेका छन् ।

कार्यक्रममा समाजका ट्रस्टी डेबिड गुरुङले ल्होछारको सुभकामना दिदै धुमधामले ल्होछार मनाउन सबैलाई नीम्ता गरेको बताए  ।