लण्डन- श्रृजनशील लेस्टर नेपाल यूकेले (21 October 2024) को दिन “दशै तिहार शुभकामना आदानप्रदान साँझ” भव्य रुपमा सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि शृजनशील लेस्टर नेपाल युकेका संस्थापक अध्यक्ष राजु कंडेलका साथमा मिडल्याण्डका विभिन्न सहर हरु बाट आउनुभएका अतिथिहरुको उपस्थितिमा दशैँ तिहार संस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।
अतिथिहरु राष्ट्रीय कलाकार रबिन लामिछाने, गायिका सुशिला गौतम, मोडल तथा डान्सर रुबिना अधिकारी ले उपस्थित सबैलाई नचाउन सफल भएका थिए। कलाकारहरूको धमाकेदार प्रस्तुतिमा दशैँ तिहार को अवशरमा खुसियाली मनाउन स्थानिय लेस्टरवासी नेपालीको साथमा नटिंघम, पिटरबरो, बर्मिंघम, डर्बी, ग्रान्थम, कोलभील लगायत मिडल्यान्डबाट ठूलो संख्यामा उपस्थिति रहेको थियो।
समाजका अध्यक्ष पुण्डरी अर्यालको अध्यक्षतामा आयोजित कार्यक्रमलाई अध्यक्ष तथा प्रमुख अतिथिले संयुक्त रुपमा जोर पानसमा बत्ति बालेर उद्घाटन गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि राजु कंडेल, NRNA इङ्ग्ल्याण्ड राज्य समिति अध्यक्ष शम्भु अर्याल,शान्ति नेपाली समाजकै प्रतिनिधि सदश्य काशिराम बम, शृजनशील लेस्टर नेपाल यु केका पुर्व अध्यक्ष तथा संरक्षकद्वय दयानिधि सापकोटा एबम पशुपती पोखरेल, सक्रिय सामाजिक अभियान्ता एबम निबर्तमान अध्यक्ष नारायण फुँयाल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा शान्ति नेपालि समाजका पूर्व अध्यक्ष्य भोजराज भण्डारी , श्रृजनशील लेस्टर नेपाल, यू.के. का सल्लाहकारहरु कला पोख्रेल, शुरेश केशी, शिव गौतम लगायतका अतिथिहरु को उपस्थिति रहेको थियो।
औपचारिक कार्यक्रम को सुरुवातमा संस्थाकी सचिब माया प्रधानले संस्थाको तर्फ देखि सम्पूर्ण लाइ स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो भने अन्त्यमा समाजका अध्यक्ष पुण्डरि अर्याल ले शुभकामना मन्तब्य सहित औपचारिक कार्यक्रम समापन भएको घोषणा गरेका थिए। कार्यक्रममा टेक्निकल रुपमा फेसबुक लाइभ गरेर लन्डन नेपाल न्युज टिवी का प्रकाश कंडेल ले सहयोग गरेका थिए । समाजकी सदस्य रिता पाण्डे ले सम्पूर्ण अतिथिहरु लाई ब्याज लगयिदिएर सहयोग गरेको उक्त कार्यक्रम संस्थाका महासचिव शिव पराजुलीले संचालन गरेका थिए।
कार्यक्रममा आर्थिक पाटोको संयोजन संस्थाका कोषाध्यक्ष मधु सुदन पौडेल र सह कोषाध्यक्ष हरि महर्जन ले गरेका थिए। उक्त कार्यक्रम मा स्थानिय कलाकारहरु द्वारा नेपाली मौलिकता झल्किने गरि विभिन्न किशिमका गायन तथा नृत्यहरु प्रस्तुत गरेर माहोल अझै तताएका थिए। कार्यक्रमको अन्त्य मा नेपाल वाट पाल्नुभएका कलाकार हरुका साथै स्थानिय कलाकारहरु अनिता थापा, रुपल डोटेल,एन्जिला खांड,अनु अनमोल बोहोरा, लगायतको को गायन तथा नृत्यलाइ प्रशंशा गर्दै संस्था ले धन्यवाद ज्ञापन सहित प्रमाणपत्र वितरण गरिएको थियो। 








