सिड्नी । एनआरएनए अन्तर्गतको नारी निकुञ्ज अस्ट्रेलियाले हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज अष्ट्रेलियाका आठै वटै राज्यमा विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाएको छ । अस्ट्रेलियाका सबै राज्यमा फरक फरक समयमा सम्बन्धित राज्यका समितिहरुको आयोजनामा तीज विशेष कार्यक्रम आयोजना गरी भव्य रुपमा तीज पर्व मनाईएको नारी निकुञ्ज अस्ट्रेलियाकी संयोजक संगीता चापागाईँले जानकारी दिईन् ।

जसमध्ये सबैभन्दा पहिले नारी निकुञ्ज भिक्टोरियाको आयोजनामा भिक्टोरियामा नेपालीहरुको बाक्लो उपस्थितिकाबीच ३ अगस्ट शनिबार इस्टोना हाउसमा तीज विशेष कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रम अहिलेसम्मकै स्मरणीय भएको नारी निकुञ्ज भिक्टोरिया राज्य संयोजक राशी सिंह ठकुरीले जानकारी दिईन् ।
त्यस्तै क्वीजल्याण्ड, ब्रिसबेन १९ अगस्ट सोमबार,टिभोली ५२ कस्टिन स्त्रीट फोर्टिट्यूड भ्यालीमा भएको कार्यक्रममा नेपालका चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा र गायिका देवी घर्ति मगरले प्रस्तुती दिएका थिए । उक्त कार्यक्रममा सयौँ नेपालीहरु उपस्थित भएको नारी निकुञ्ज क्वीजल्याण्ड राज्य संयोजक पारो सापकोटाले बताईन् ।
नेपलिज एशोसियसन अफ नर्देन टेरोटरी तथा नारी निकुञ्जको आयोजनामा नेपाली महिलाहरुको उपस्थितिमा नर्देन टेरोटरी, डार्विन सेप्टेम्बर १ आइतबार, मराना कल्य्मनिअन हलमा पनि भव्य रुपमा तीज पर्व मनाईएको संयोजक प्रियासा नेपालले जानकारी दिईन् ।
त्यस्तै वेष्टर्न अस्ट्रेलिया,पर्थ १ सेप्टेम्बर आइतबार,सर्बियन कम्युनिटी सेन्टरमा पनि भव्य रुपमा तीज ईभेन्ट्ससंगै रमाईलो कार्यक्रम नाच गान सहित तीज पर्व मनाईएको संयोजक मिम सुब्बा गुरुङले बताईन् । ताज्मानिया राज्यमा ६ सेप्टेम्बर र ५ सेप्टेम्बरमा दुई दिन भव्य रुपमा हरितालिका तीज पर्व मनाईएको संयोजक आरजु रिजालले जानकारी दिईन् ।
साउथ अस्ट्रेलिया, एडिलेड ०१ सेप्टेम्बर कोसग्रोभ हलमा आयोजित कार्यक्रममा कलाकार सुनिता दुलाल र स्थानीय कलाकाहरुले प्रस्तुती दिएका थिए भने उक्त्त कार्यक्रममा साउथ अस्ट्रेलियन सरकारको बहुसांस्कृतिक विभागबाट समेत अनुदान प्राप्त भएको संयोजक रिज्नु अधिकारीले बताईन् ।
न्यू साउथ वेल्स राज्यको सिड्नी १० अगस्ट ग्रान्ड प्यालेस अबर्नमा भएको कार्यक्रममा कोमल वली सहितका स्थानीय कलाकारहरुको उपस्थिति रहेको थियो । उल्लेख्य मात्रामा नेपाली महिलाहरु कार्यक्रममा सहभागी भएको र कार्यक्रम सोँचेभन्दा पनि भव्य बनेको नारी निकुञ्ज एनएसडब्ल्यू राज्य संयोजक सबला बस्नेतले जानकारी दिईन् ।
अष्ट्रेलियाका आठै वटै राज्यमा तीज कार्यक्रमलाई सफल बनाउनका लागि नारी निकुञ्ज अस्ट्रेलिया कार्य समिति सदस्यहरू सचिव अर्चना गौतम, उपसंयोजक रत्ना गौतम, सदस्य एमी कार्की, आश्रिका उप्रेती, मनिला सुवेदी, मनिला पाण्डे, भावना पराजुली लगायतको सक्रिय सहभागीता तथा समन्वय रहेको थियो। नारी निकुञ्ज अस्ट्रेलियाले कार्यक्रम मार्फत संकलन भएको रकम नेपालका महिलाहरुको विभिन्न क्षेत्रमा सहयोग गर्ने जनाएको छ । नारी निकुञ्जले सञ्चालन गरेको परोपकारी कार्यक्रमबाट संकलित रकम नेपालका ग्रामीण भेगमा रहेको महिलाहरुको पाठेघर खस्ने समस्याको उपचारमा खर्च गरिने जनाइएको छ।