तक्दीर अधिकारी
सिड्नी । अस्ट्रेलिया भ्रमणमा रहेका दश महाविद्या सिद्ध साधक एवं भविष्यवक्ता बिहंगमराज तिमल्सेना ऐडिलेड आईपुगेका छन् । महाविद्या पद्धतीबाट उपचार तथा भविष्यवाणी गर्ने उनी केही समय अगाडी अस्ट्रेलिया आएका हुन् । उनी मेलवर्न, ऐडिलेड हुँदै सिड्नी पुग्नेछन् । उनी ३ महिनासम्म अस्ट्रेलिया बसाई गर्नेछन् । उनले विश्वका विभिन्न देशमा पुगेर विभिन्न सेवा दिँदै आएका छन् ।

बिहंगमराज मेडिकल पद्दतिबाट ठीक हुन नसकेका बिरामीलाई महाविद्या र वैदिक सनातनको विशेष पद्दति प्रयोग गरेरै निको बनाउने दाबी गर्ने उनी नेपाल आध्यात्मिक केन्द्रका केन्द्रीय अध्यक्ष समेत हुन् । अस्ट्रेलियामा विभिन्न व्यक्तिहरु उनी समक्ष भविष्यवाणी गर्न र उपचारका लागि पुगिरहेका छन् । उनले वास्तुशास्त्र तथा दोषनिवारणका क्षेत्रमा पनि सक्रिय छन् ।
तिमल्सेनाले मानसिक पीडा, डिप्रेसन, मुटुरोग आदिका रोगीदेखि बोलीमा समस्या रहेका बालबच्चा, पारिवारिक अशान्ति, पतिपत्नीको बेमेल, व्यवसायिक असफलता पाएकासम्मलाई सल्लाह र परामर्श दिने बताए । उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न पक्षका बारेमा भविष्यवाणी गर्दै आएका छन् ।

विगतमा नेपाली सेनाको मूल पण्डित रहेका बिहंगमराजले १७ वर्षको सेवापछि सेनाबाट अवकाश लिएका थिए । आफ्नो सेवाको क्रममा राजपरिवारसँग समेत निकट रहेर काम गरेको उनको अनुभव छ ।
दश महाविद्या सिद्ध साधक एवं भविष्यवक्ता बिहंगमराजले शेरबहादुर देउवा ,प्रचण्ड र केपी शर्मा ओलीजस्ता नेपालका मन्त्री र प्रधानमन्त्रीको भविष्यवाणी समेत गरेका छन् ।उनले युरोप र अमेरिका लगायत बिभिन्न २२ देशको भ्रमण गरेर नेपालीहरुको मन जित्न सफल भएका छन । केही समय पहिले दश महाविद्या सिद्ध साधक भविष्यवक्ता बिहंगमराज तिमल्सेना बेलायत भ्रमणमा भब्य कार्यक्रम गरेर नेपाल फर्किएका थिए।