लण्डन । बेलायतको अल्डरसटमा “अनुग्रह बुलियन एण्ड डायमण्ड”(हिरा)को बिशाल पशल खुलेको छ ।गत सोमबार एक समारोहका बीच उक्त “अनुग्रह बुलियन एण्ड डायमण्ड”को उदघाटन गरिएको हो । उदघाटन समारोहमा स्थानीय मेयर मारा माकुनुरा र अनुग्रहका मालिक सुमन राई ले उपस्थित अतिथिहरुको माझ, रिबन काटेर समुउदघाटन गरेका हुन् ।
अल्डरसटमा नेपालीहरुको बाक्लो बस्ति भएसँगै विभिन्न समुदायका लागि पछिल्लो समयमा हिरा, श्वेत सुन, सुन र बहुमुल्य घडिहरुको लागि विशेष आवश्यकतालाई महत्व ठानेर, समयानुसारको मागलाई ध्यामा राखेर, यहा बिशाल रुपमा यो ‘अनुग्रह बुलियन एण्ड डायमण्ड’ खोलेको प्रमुख संचालक सुमन राईले बताउनु भयो।
उक्त समारोहमा कार्यक्रम संचालक (Master of Ceremony) आकाश सुनुवारले संचालन गरेका थिए भने प्रमुख अतिथि मेयर मारा माकुनुरा, मेयरेस सल माकुनुरा, बिशेष अतिथिहरुमा नेपाली बरिष्ठ चलचित्र निर्माता/ निर्देशक मिलन चाम्स, King Charles द्वारा Member of British Empire ले विभूषित सर सुबाश राई थिए भने अन्य अतिथिहरुमा पूर्व काउन्सिलरहरु: डेभिड क्लिफर्ड, जिव बेल्वासे, प्रबेश के.सी. साथै अन्यअतिथिहरुमा रेभरेन जोर्ज न्यूटन, मान गुरुङ्ग, गेरी स्टाम्प, राजा थापा, लक्ष्मी राई लगायत अरु थुप्रै नेपालीहरुको उपस्थित रहेको थियो।
कार्यक्रममा उपस्थित अथितिहरुले अनुग्रह बुलियन एण्ड डायमण्डलाई उत्तर उत्तर प्रगतिको शुभकामना दिएका थिए । यस अघि अनुग्रहका २ ब्रान्च बेलायतमा छन् ।
“अनुग्रह” को अर्थ समुदाय प्रति विश्वास, बर्दान र गहिरो प्रतिबद्धतालाई हो। २०१५मा मालण्डनको प्लमस्टेडमा हाम्रो ढोका खोल्दादेखी अनुग्रह ज्वेलर्स लिमिटेडले ग्राहकहरूलाई उच्च गुणस्तरको सुन र परम्परागत गर-गहनाहरू उपलब्ध गराउँदै सत्यनिष्ठाको ज्योति बनाएको छ ” – राईका छोरा गौरवले आफनो स्वागत मन्तव्यमा बताए ।
अल्डरशट स्थीत ‘अनुग्रह ज्वेलरी’ सुनचाँदी पसलको संचालक सुमन राई तथा मुना राई को यो तेस्रो ब्रान्च हो जहाँ जहाँ हिरा, मोती, श्वेत सुन (White Gold) तथा अन्य बहुमुल्य रत्नहारु र रोलेक्स, करटीयर जस्ता बहुमुल्य घडी, आधुनिक सुनचाँदीको गहनाहारु (अर्डर बमोजीम) सुपथ मुल्यमा उपलब्ध हुन सक्ने एकमात्र बिश्सनिय डिलरको आज तेस्रो ब्रान्चको उधघाटन भएको हो I
कार्यक्रममा अनुग्रहका संचालक सुमनका छोरा गौरभ राईले हाम्रो नारा, “शुद्ध सुनको ग्यारेन्टी,” हामीले बेच्ने हरेक टुक्रामा हाम्रो अटल प्रतिज्ञालाई प्रतिबिम्बित गर्दछ, अनुग्रह ज्वेलर्स लिमिटेडको यो नौलो विस्तारले हामीलाई हाम्रो सबैभन्दा नयाँ उद्यम “अनुग्रह बुलियन” यो विरासत जारी राख्दै, सुन, हीरा र लक्जरी घडीहरू मात्र नभई, ग्राहकहरुका बहुमुल्य वास्तुहरुलाई सुरक्षित राख्न अत्याधुनिक सुरक्षित बक्सहरू (Vaults)को पनि सुबिधा प्रदान गरिने, साथै लगानी र सुरक्षाको लागि one-stop-shop भनिआफ्नो प्रतिबद्दता जनाए ।
हाम्रो खुद्रा प्रयासहरू बाहेक, अनुग्रह फाउण्डेशन मार्फत परोपकारमा संलग्न छ। यो गैर-लाभकारी संस्था नेपालमा विपन्न व्यक्तिहरूको जीवन सुधार गर्न समर्पित छ। हामी न्यून आय भएका परिवारका बालबालिकालाई शिक्षा प्रदान गर्न, छात्रवृत्ति, विद्यालय आपूर्ति र अन्य स्रोतहरू प्रदान गर्ने कुरामा ध्यान केन्द्रित गर्छौं ताकि उनीहरूको उज्ज्वल भविष्य सुनिश्चित होस् ।
हाम्रो स्वास्थ्य सेवा पहलहरूले ग्रामीण क्षेत्रहरूमा चिकित्सा शिविरहरू, निःशुल्क जाँचहरू, र आधारभूत स्वास्थ्य सेवाहरू ल्याउँछन्, सबैलाई आवश्यक चिकित्सा सेवाहरूमा पहुँच सुनिश्चित गर्दै। थप रूपमा, हामी स्थानीय समुदायहरूसँग साझेदारी गर्दै सफा पानी, सरसफाइ र आश्रय उपलब्ध गराउने परियोजनाहरूमा काम गर्छौं। यी प्रयासहरू मार्फत, अनुग्रह एउटा ब्रान्ड मात्र होइन, तर सकारात्मक परिवर्तनको शक्ति हो,उनले बताए ।























