लण्डन।लण्डनको ऊलविचमा नेपाली चलचित्र *फर्कि फर्कि* प्रदर्शन हुने भएको छ ।
साउथ ईष्ट लण्डन ऊलविच स्थित द ट्रामेष्ड Tramshed चर्चको हलमा आगामी १६ जुन आईतबार साझँ ६ बजे सनराईज इभेन्टको प्रस्तुतिमा नेपाली फिल्म *फर्कि फर्कि* प्रदर्शन हुन लागेको हो ।
चलचित्र प्रदर्शनकालागि आवश्यक तैयारी पुरा भैसकेको सनराईज ईभेन्टका प्रमुख एवम् लण्डन नेपाल न्यूजका सवांददाता प्रकाश कंडेलले बताए ।
लण्डनको ऊलविचमा नेपाली फिल्म *फर्कि फर्कि *हेर्नका लागि हलसम्म आउन उनले आग्रह गरे ।कंडेलले यसको संयोजन गरेका छन्।
चलचित्र *फर्कि फर्कि* को कलाकारहरू : अनमोल के सी, जसिता गुरुङ, रबी काफ्ले, समिर्द्वि अर्याल लगायत छन् भने निर्देशक तथा कथा लेखक सुयोग गुरुङ रहेका छन्। फिल्मको निर्माता ओम प्रकाश अग्रवाल हुन।
Date – 16th June 2024 (Sunday) Time – 6pm
Venue- The Tramshed, 51-53 Woolwich
New Road , London ,SE18 6ES
Contact No. 07429947196 ( Prakash Kandel )






