बेलायतमा पूर्व गोर्खा भीम सारु काउन्सिलरमा बिजयी

लन्डन- भूतपूर्व गोर्खा भीम सारुमगर बेलायतको काउन्सिलर निर्वाचित भएका छन्।

विहीबार सम्पन्न यहाँको स्थानीय निर्वाचनमा वार्विकशायरको ननिटन् एन्ड बेडवर्थ बरोको सेन्ट मेरिज् वडाको काउन्सिलरमा उनी विजयी भएका हुन् ।

वडाको दुई काउन्सिलरका लागि भएको निर्वाचनमा लेबर पार्टीबाट उम्मेद्वार सारु सर्वाधिक ८ सय ९ मत प्राप्त गर्दै विजयी बने ।

पाल्पा घर भएका पूर्व गोर्खा सारु बेलायतको नेपाली समुदायमा पनि सक्रिय रहंदै आएका सामाजिक अभियन्ता हुन्।

उनी पूर्व गोर्खाहरुको संस्था ब्रिटिश गोर्खा भेट्रान एशोसिएसन यूकेमा अध्यक्ष छन्।

विजय काउनसुलर सारु मगरलाई एनआरएन यूकेका प्याट्राेन डेविड गुरुङ्गले वधाई तथा शुभकामना सन्देश दिएका छन् । उनकाे बधाई सन्देशमा भनिएकाे छ,  काउन्सिलर विजय भएकाेमा उत्ताेराेतर प्रगतिकाे कामनासहित त्याहाँका स्थानियलगायत नेपालीहरुकाे विकासमा निरन्तर लागि रहन अनुराेध समेत गरेका छन !