एनआरएनए यूकेले गुल्मीका आगलागि पिडितका लागि गर्र्यो सहयोगको अपिल !

लण्डन ।

गुल्मीमा लागेको आगोबाट पिडितहरुलाई राहत स्वरुप सहयोग रकम संकलन गरिएको छ । एनआरएन युकेले सहयोग रकम संकलन अभियान सञ्चालन गरेको हो ।

गत शनिबारको दिन गुल्मी जिल्ला इस्मा गाउंपालिका–२ को हाडीखोला, सिदुँखा, मैनडाँडा, ढेँगाटोल र वडा नं ४ को कोटकोटेरी, टिम्लेखर्क र मद्किनामा भएको आगलागिबाट  ३७ वटा घर राख्नु ४६ वटा  गोठ, पूर्ण रुपमा नस्ट भएको छ भने सयौं पशु चौपाया जलेर नष्ट भएका छन् ।  त्यस्तै, वडा नं ६ बुल्ममा २ घर र २ गोठ पूर्ण रुपमा नस्ट भएको छ । आगलागिले गुडिरहेको ट्र्याकटर जलेको छ भने त्यसमा सवार दुई जना घाइते भइ उपचाररत रहेको इस्मा गाउपालिकाले अवगत गराउंदा अत्यन्त दुःखी बनाएको छ।

घरगोठ जलेपछि धेरै मानिसहरु खुला आकासमा सुत्न वाध्य भएका छन्। आगलागिका कारण बिजुली र खाने पानीको सम्पर्क टुटेको छ । जलेका चौपायाको छिटो ब्यवस्थापन नभए त्यसले अर्को समस्या निम्ताउने चिन्ता बढेको अवस्था छ ।

यो दुःख, आपतको बेला व्यक्ति विशेष, संघसंस्था, कर्मचारी, सुरक्षावल, स्वस्थ्यसेविका जो जो आ–आफ्नो तर्फबाट छिटो छरितो रुपमा सहयोग गर्न जुट्नु भएको छ उहांहरु सबैलाई ह्दयदेखि हार्दिक आभार व्यक्त गर्न चाहन्छौं ।

यो आपतकालीन घडीमा बेलायतवासी नेपाली दाजुभाई, दिदीबहिनी, संघसंस्थाका प्रतिनिधि सबैलाई आर्थिक सहयोग गरि मावनताको उत्कृष्ट नमुना प्रस्तुत गरिदिनु हुन हार्दिक अपिल गर्दछौं । हामीले दुई साता मे ८ सम्म मात्र चन्दा संकलन गर्ने भएकाले सो समयभित्र यहाँको सहयोग भएमा निकै आभारी हुने छौं ।

धन्यवाद

आर्थिक सहयोगका लागि बैंक विवरण:
Name: NRNA UK
SORT CODE:08-71-99
ACCOUNT NO 11156682