लन्डनमा समस्यामा परेका नेपाली विद्यार्थीलाई हाम्रो चौतारीले सहयोग गर्ने,

लन्डन । हाम्रो चौतारी सेवा लन्डनले समस्यामा परेका बेलायतस्थित नेपाली विद्यार्थीलाई राहत उपलब्ध गराउने भएको छ ।

उक्त कम्पनीले खान बस्न समस्या भए सक्दो सहयोग गर्ने, विद्यार्थीलाई सीप विकासका लागि निशुल्क तालिम दिने, अध्यागमन लगायत विषयमा कानूनी परामर्श उपलब्ध गराउने प्रवन्ध निर्देशक सुवर्ण पांडेले बताए ।

हाम्रो चौतारी परिवारद्धारा सञ्चालित लन्डन साउथ हयारोस्थित चौतारी रेष्टुरेन्ट खुलेको समयमा विद्यार्थीलाई खान बस्न मुलभूत समस्या भए व्यवस्था गरिदिने पांडेले जनाए ।

मानसिक समस्या भए त्यसमा परामर्श, सृजनशील तालिम, फुड एण्ड हाइजिन र हेल्थ एण्ड सेफ्टीको पनि तालिम दिइने पांडेले बताए ।

यदि कसैलाई कुनै पनि राहत वा आफ्नो दुःख सांट्नु परेमा एवं गास, बास र कपासको व्यवस्था गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता हाम्रो चौतारी सेवाले गरेको छ।

‘हामीले अति आवश्यक र आर्थिक हिसावले तहसनहस भएका विद्यार्थीलाई सम्भव भएसम्मका सेवाहरु उपलब्ध गराउन सदैव प्रयास राख्नेछौं’, पांडेले भने, ‘हाम्रो यस पवित्र कार्यमा समस्त नेपाली मिडिया र एनआरएनए यूकेलाई पनि स्वागत छ ।’

‘नेपालबाट उच्च शिक्षा अध्ययनका लागि आउनुअघि कन्सल्टेन्सीबाट देखाइएका आश्वासन गलत ठहरिएको विद्यार्थी स्वंयले बताइरहेका छन् ।

सुट, पाइन्ट, टाई र ब्लु ब्याज गलामा पहिरिएर आफूलाई एनआरएनए अभियन्ता बताउनेले सिन्को नभांचेको भन्दै उनीहरुप्रति पनि पांडेले आक्रोश पोखे ।

बेलायतमा बसेर पनि ‘हामी नेपाली अनि हाम्रो नेपाल’ सम्झनु पर्नेमा उच्च ओहोदामा रहेका व्यक्तित्वले झन् जातीयताको भार थपेको पांडेको दावी छ । ‘एउटा स्वच्छ, साझा अनि सामूहिक वातावरण सृजना गर्ने उद्देश्यले उत्प्रेरित भई मैले हाम्रो चौतारी सेवाको परिकल्पनालाई मूर्तरुप दिने प्रयत्न गरेको हुं’, उनले भने ।

बेलायत सरकारले मात्र नभई नेपाल सरकारले पनि उपरोक्त सम्बन्धमा एउटा निर्दोष विद्यार्थी साथै उसको पारिवारिक आर्थिक बिडम्बनालाई महशुस गरेर पनि कुनै ठोस राहतको व्यवस्था नगरेका कारण आज विद्यार्थीले यो दर्दनाक परिस्थिति भोग्नु परेको उनको बुझाइ छ ।

यदि कसैलाई आवश्यक परे मानसिक समस्यामा परामर्श, फुड एण्ड हाइजिन र हेल्थ एण्ड सेफ्टी जस्ता सृजनशील तालिम दिइने पनि पांडेले बताए ।

‘हामीले अति आवश्यक र आर्थिक हिसावले तहसनहस भएका विद्यार्थीलाई सम्भव भएसम्मका सेवाहरु उपलब्ध गराउन प्रयास सदैव राख्नेछौं । यसमा लन्डन नेपाल न्यूजले पनि विशेष समर्थन गर्दै नयां वर्षसंगै नयां उमंग र नयां जोश र हाम्रा आफ्नै नेपाली दाजुभाई र विद्यार्थीलाई उत्साहित गर्ने र मनोवल बढाउने तयले हाम्रो चौतारीमा विशेष कार्यक्रम गर्ने भएको छ । सो दिनको अपेक्षा राख्दै आफ्नो डायरीमा कसैलाई आफ्नो गुनासो र कसैको हांसो पनि साट्ने आत्मसाथ प्रतिक्षा छ भने एनआरएनए यूकेलाई पनि स्वागत गरिएको छ’-पांडेले भने ।

सिधा सम्पर्कका लागिः 

सुवर्ण पांडे, हाम्रो चौतारी साउथ हयारो लन्डन

फोन नम्बरः 07817274669

-020 8423 0821

Unit 20, Station Parade

Northolt Road

South Harrow, Harrow HA2 8HB

United Kingdom