एनआरएनए यूकेले वेल्स राज्यमा हर्षबढाइँका साथ मनायो दसैं पर्व (तस्बिरहरू)

लण्डन   । एनआरएनए यूकेले वेल्स राज्यमा हर्षबढाइँका साथ दसैं पर्व मनाएको छ ।

एनआरएनए यूके वेल्स राज्य परिषदको सयोजनमा वेल्सको कार्डिफमा आयोजित दसैं विशेष कार्यक्रममा पञ्चे बाजा बजाउदै हर्षबढाइँका धुम धामले गरिएको थियो ।

एनआरएनए यूके राज्य समन्वय परिषद वेल्सका अध्यक्ष मोतिप्रसाद पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर र स्थानिय समाज सेबी झलक गर्बुजाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रमको प्रबेश द्वारमा अथितिहरुलाई पन्चेबाजा बजाउदै स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले दसैको शुभकामना दिदै वेल्समा एनआरएन युकेले गरेको कार्यक्रममा उपस्थित भएका सम्पूर्णलाई सबैको सफलता र दसैले एनआरएनलाई मजबूत बनाउन वेल्सले गरेको यो क्रार्यक्रम प्रति विशेस आभार ब्यक्त गरेका थिए ।

यसैगरी प्रबत्ता लक्ष्मी तामाङ्गले संचालन गरेको कार्यक्रममा वेल्स राज्य समन्वय परिषदका अध्यक्ष मोतिप्रसाद पुन,एनआरएनए यूके उपाध्यक्ष अमृत घले,एनआरएनए यूके आइसीसी सदस्य ओमप्रसाद थापा,संरक्षक डेबिड गुरुङ,थर्क सेन, झलक गर्बुजा लगाएतले शुभकामना दिएका थिए ।

धौलागिरि नौ मति बाजा घन्किएको कार्यक्रममा कलाकार देबी घर्ति र ईश्वर सिङले धमाका मच्चाएका थिए ।

कार्यक्रममा स्थानीय वेल्सवासीको उल्लेख्य सहभागिता थियो ।