सिड्नी । नेपाली हिन्दु समाज अस्ट्रेलियाले अष्ट्रेलियाका विभिन्न शहरहरुमा घटस्थापना र विजया दशमीको शुभ साईत सार्वजनिक गरेको छ । नेपाल पञ्चागं निर्णायक समितिसगंको सहकार्यमा समाजले अस्ट्रेलियाका विभिन्न सहरहरुका लागि छुट्टा छुट्टै साईत सार्वजनिक गरेको छ ।
समाजले सार्वजनिक गरेको विजया दशमीको साईत अनुसार सिड्नीमा अक्टोबर २४ तारिख बिहान ११ः४५ बजे, मलवर्नमा सोही मितिमा बिहान ११ः३५ बजे, ब्रिसबेनमा बिहान १०ः२५ बजे रहेको छ । त्यस्तै एडीलेटमा बिहान ११ः१७ बजे, क्यानबेरामा बिहान ११ः२१ बजे, तास्मानियामा बिहान ११ः२४ बजे, पर्थमा बिहान १०ः४२ बजे र डार्बीनमा बिहान ११ः३४ बजे विजया दशमीको शुभ साईत रहेको नेपाली हिन्दु समाज अस्ट्रेलियाका पण्डित ज्योतिष बालचन्द्र अधिकारीले लण्डन नेपाल न्यूजलाई जानकारी दिए ।
टिकाको मुख्य साईतको शुभारम्भ गरिसकेपछि मान्यजनबाट दिनभर नै वडादशैँको टिका ग्रहण गर्न सकिने समाजले जनाएको छ ।
तिथि मितिको आधारमा लक्ष्मी पुजा गर्दा औँसी तिथि नै चाहिने र अस्ट्रेलियामा औँसी तिथि बेलुकी १० बजेर ५९ मिनेट अर्थात मध्यरातबाट मात्रै सुरु हुने भएकाले अस्ट्रेलियामा २५ तारिख लक्ष्मी पुजा गर्नुपर्ने नेपाली हिन्दु समाज अस्ट्रेलियाका पण्डित ज्योतिष बालचन्द्र अधिकारी लण्डन नेपाल न्यूजलाई जानकारी दिए । त्यस्तै ग्रहणका कारण पनि लक्ष्मीपुजाको साईत फरक फरक परेको उनको भनाई छ ।
त्यस्तै समाजले जमरा वितरण गर्ने स्थान र सम्पर्क व्यक्ति र नम्बर पनि सार्वजनिक गरेको छ । समाजले सार्वजनिक गरेको विवरण अनुसार यी ठाउँमा जमरा वितरण हुनेछ







