गैरआवासीय नेपाली संघ एनआरएनएको ११ औँ महाधिवेशन चलिरहेको छ । विश्वका विभिन्न देशबाट महाधिवेशनका लागि गैरआवासीय नेपाली संगै एनआरएनएका प्रतिनिधिहरु यतिबेला काठमाण्डौमा छन् । 
महाधिवेशन स्थल सोल्टी होटलमा भव्य जमघट भईरहेको छ । यसैबीच एनआरएनएमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका गणेश केसीले भने महाधिवेशनमा सहभागीहरुको स्वास्थ्यावस्थालाई लागि मध्येनजर गरेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।
केसीले डाक्टरहरुको समेत सहभागीतामा निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेका छन् । उनले एनआरएनएका प्रतिनिधिहरुलाई आफुलाई उपाध्यक्ष पदमा बहुमतले विजयी गराउन आह्वान समेत गरिरहेका छन् ।
केसीले वर्तमान कार्यसमितिमा उप-महासचिव पदमा रहेर कुशलता पूर्वक आफ्नो कार्यकाल सम्पन्न गरेका छन् । एनआरएनएहरुका माझ फरक र सक्रिय केसीले आफुले विगतमा संस्थाका विभिन्न योजना तथा कार्यक्रममा संगालेका अनुभव र अग्रजहरुको सल्लाह बमोजिम आफुले उम्मेदवारी दिएको भन्दै अझै धेरै काम गर्ने आफुमा दृढ संकल्प रहेको बताउँछन् ।
केसीले गरेको भोट अपिलमा भनिएको छ -”एनआरएनएको आगामी कार्यकाल २०२३-२५ का लागि उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको छु । हामी सबैको चाहनाअनुरुप हुन लागेको यो निर्वाचनमा यहाँहरु सबैको संलग्नता रहने कुरामा म आशावादी छु । वर्तमान कार्यसमितिमा यहाँहरुको चाहनाअनुसार म उप-महासचिव पदमा रही काम गरेको र संस्थामा अझै जिम्मेवार भई काम गर्ने इच्छा भएकोले सबैको सुझाब र सल्लाहानुसर २०२३-२५ का निर्वाचनमा मैले उपाध्यक्ष पदमा उम्मेद्वारी दर्ता गरेको जानकारी गराउन पाउंदा अत्यन्त गौरबता महशुस गरेको छु।
विदेशमा विभिन्न कारणले विपतमा परेका नेपालीहरुलाई सक्दो सहयोग गर्ने र गराउने तथा उनीहरुको लागि उचित व्यवस्था गर्न र गराउने महत्वपूणर् भूमिका निर्वाह गर्दैआएको छु। रोजगारीको सिलसिलामा कहीँकतै कुनै मुलुकमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गरेर नेपालसम्म लाने व्यवस्था गर्ने कार्य गर्दैआएको छु। त्यस्तै, विदेशमा बेपत्ता भएका नेपालीहरुको खोजी गरेर उनीहरुको उद्धार गर्ने कार्यलाई पनि निरन्तरता दिने कार्य गर्नेछु। देशको इज्जत एबं गौरव बढाउने र कीर्तिमान कायम गर्ने, नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई र नेतृत्व गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न महत्वपूणर् भुमिका निर्वाह गर्ने, नेपालको सामाजिक, आर्थिक, रूपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउने लगायतका धेरै कार्य योजनाहरु मेरो छ ।






