सिड्नी । आगामी अक्टोबर १९ तारिखमा हुने गैर आवासीय नेपाली संघ एनआरएनएको केन्द्रीय महाधिवेशनमा अस्ट्रेलियाबाट कृष्ण (जगनाथ) गिरीले उम्मेदवारी दिने घोषणा गरेका छन् । निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारी घोषणा गर्ने क्रम बढिरहेको बेला गिरीले आफुले पनि उपमहासचिव पदमा उम्मेदवारी दिने अन्तिम निणर्य गरेको लण्डन नेपाल न्यूज अस्ट्रेलियालाई बताए ।
गैरआवासीय नेपाली माझ यूवा अभियन्ताका रुपमा परिचित गिरीले संस्थालाई रुपान्तरण गर्न आफुले उम्मेदवारी दिएको बताउँछन् । “मेरो उम्मेदवारी कसैलाई हराउन हैन, संस्थाको जित सुनिश्चित गर्नका लागि हो उनले भने, – पद ओगटेर सम्मान लिन हैन सेवा गरेर संस्थामा रुपान्तरण गर्नलाई हो ।” एनआरएनए आईसीसी यूवा संयोजक भएर कार्य गरिसकेका उनले विगतका अनुभवलाई समेत अगाडी सार्दै संस्थाको हीतमा नयाँ सोच र रुपान्तरण सहित काम गर्ने बताए । गिरी जनसम्पर्क समिति अष्ट्रेलियाको २ कार्यकाल सभापति भएर समेत काम गरिसकेको अनुभव संगालेका छन् । एनआरएनएको पनि संस्थागत बिकास संगै नियम र पद्दतिबाट संचालित हुनु अपरिहार्य गरेको भन्दै उनले विगतमा भएका राम्रा कार्यको सम्मान र अनुशरण गर्दै विकृतिलाई सुधार्न आफु जिम्मेवार बन्ने बताए ।
आफु उपमहासचिव पदमा निर्वाचित भएमा सचिवालयलाई प्रभावकारी बनाउदै विश्वभरीका एनआरएनमाझ संस्थालाई पुर्याउने योजना रहेको बताउँछन् । बिधानमा आउने जटिलता, कार्यविभाजनमा भएका असन्तुष्टि, संस्था प्रतिको बढ्दो नकरात्मक विचारलाई सुधार गर्नु आफुको प्रमुख उद्धेश्य रहेको गिरीले बताए । आफनो अनुभव, दक्षता र विज्ञतालाई संस्थाको जिम्मेवारी पदबाट योगदान गर्न सकिने विश्वासका साथ नयां सोच र जोश सहित नेपाली डेयासपोरामा काम गर्नका लागिनै उपमहासचिब पदमा उमेद्वारी दिने निश्कर्षमा पुगेको गिरीले प्रष्ट पारे ।