जेनिशा गौतमको देउँसी भैलो गीतको छायांकन सम्पन्न अष्ट्रेलिया बाटै बजारमा आउने

सिड्नी । अस्ट्रेलियालाई कर्मथलो बनाई नेपाली गीत संगीतलाई अंगाल्दै आईरहेकी कलाकार एवम् सर्जक जेनिशा गौतमको देउसी भैलो गीतको छायांकन सम्पन्न भएको छ । नेपालीहरुले विदेशमा रहेर भाषा संस्कृति जगाउन र नेपाली परम्परा अनुसार चाडपर्व मनाउने विषयवस्तु समेटिएर तैयार पारिएको उक्त गीतको अस्ट्रेलियामा छायांकन सम्पन्न भएको हो । आफै गायिका एवम् निर्देशक समेत रहेकी जेनिशाले निकै उत्साहपूर्वक गीतको छायांकन सकिएको बताईन् । ७ अक्टोबर विभिन्न ठाउँमा भिडियोको दृश्य कैद गरिएको हो । भिडियो छायांकन सकिएपश्चात लण्डन नेपाल न्यूजसंग कुराकानी गर्दै उनले केही दिन भित्रै उक्त गीत बजारमा आउने र दर्शकहरुको माया पाउने विश्वास व्यक्त गरिन् । दिपावलीको अवसर पारेर सार्वजनिक गरिने उक्त गीतमा विभिन्न कलाकारहरुले अभिनय गरेका छन् ।सन् २०१५ बाट सागींतिक यात्रा सुरु गरेकी जेनिशाले अस्ट्रेलियामै रहेर आफु नेपाली गीतसगींतमा लाग्ने उद्धेश्य रहेको बताउँछिन् । ललितपुरमा जन्मिएकी उनले विद्यालयले उमेरमै स्कुलका विभिन्न प्रतिष्प्रधामा भाग लिने र गीत गाउने गर्थिन् । त्यस्तै कार्यक्रमहरु सञ्चालन गर्ने गरेको उनको भनाई छ । २००९ मा अस्ट्रेलियामा आएकी उनले अधिकाशं गीत सिड्नीमै रेकर्ड गरेकी हुन् । उनले आफुलाई नेपालबाट समेत विभिन्न समयमा अफरहरु आउने गरेको भन्दै तर आफु सिड्नीमै रहेर आफ्नो सागींतिक यात्रा अगाडी बढाउने सोँच रहेको बताईन् । उनका विशेषगरी आधुनिक गीति संग्रहहरु बजारमा छन् । देउँसी भैलो गीतलाई   आर एफ एम फेसिलिटी (रन्जीत शाह) मुख्य प्रायोजक रहेको छन भने क्याफ्लर (बिबेक ढकाल) सह प्रायोजक र (गगन शर्मा) रातो घरको सहयोग रहेको छ ।