चार्ल्टन समाजले भब्यताका साथ मनायो हरितालिका तीज गायिका बि सी ले नचाईन् सबै लाई (फोटो फिचर)

लण्डन । चार्ल्टन नेपाली समाज यूकेले तिज विशेष कार्यक्रम भब्य रुपले सम्पन्न गरेको छ ।

समाजले हरितालिका तीजको अवसर पारेर यस वर्षको तीज कार्यक्रम सेप्टेम्बर ३ तारिक आईतबार साँझ मेरिडियन स्पोर्टस क्लवको सभाहलमा भब्य कार्यक्रम गरेर  सम्पन्न  गरेको हो ।हिन्दु नारी हरुको महानपर्ब हरितालिका तीजको अवसरमा चर्चित लोक तथा दोहोरी गायिका पुर्ण कला बि सी तथा चर्चित डिजे हेम बिष्टको साथमा नाचगान सहित तीज मनाईएको समाजका कार्यवहाक अध्यक्ष प्रकाश कंडेलले लण्डन नेपाल न्यूजलाई बताए ।

कार्यक्रमको उद्घघाटन समाजका कार्यवहाक अध्यक्ष प्रकाश कंडेल तथा संस्थापक अध्यक्ष सुरज के सीले पानसमा बत्ति बालेर गरेका थिए भने पूर्व अध्यक्षहरुले साथ दिएका थिए।

समाजका महासचिब टि एन रिजालले सन्चालन गरेको कार्यकममा उपाध्यक्ष सिता अर्यालले स्वागत मन्तब्य दीएकी थिईन् ।

कार्यकममा संस्थापक अध्यक्ष सुरज के सी एबम पशुपतिनाथ मन्दिरका अध्यक्ष गोपाल अर्यालले शुभकामना दिएका थिए।

कार्यक्रममा नेपाल बाट आएकी चर्चित लोकोहोरी गायिका पुर्णकला बि सी ले दिदीबहिनी ,दाजुभाईहरुलाई तिजका गितहरुले मनोरन्जन गराएकी थिईन।चर्चित डिजे हेम बिष्टले डिजेमा सम्पुर्णलाई नचाएका थिए।

 मिठो खाना क्रिष्टल प्यालेस स्थित टिमुर रेष्टुरेण्टले खुवाएको थियो ।