लण्डन ।
युरोपीयनसंघ बाट बाहिरिने कुरा हुदा यसबाट ब्रिटेनलाई प्रभाव पर्न सक्ने बताउदै उप कुलपति तथा शैक्षिक विज्ञहरुले के यो निर्णय सहि होला त भन्दै आफ्नो विचार राखेका छन।यो निर्णयले विस्वमा रहेको ब्रिटिश शिक्षाको चर्चा र महत्वमा पनि कमि आउन सक्ने विस्वविद्यालय शिक्षकको भनाई छ।
यो कदनले ब्रिटेनलाई मिल्दै आएको युरोपीयन संघको कोष बन्द हुने र अन्तराष्ट्रीय प्रोजेक्टहरु संग मिलेर काम गर्न गारो हुनेछ ।यूरोप का विद्यार्थीहरु लाई अन्य मुलुकका विद्यार्थी झैँ सुल्क लिदा विद्यार्थीको संख्या मा कमि पनि आउँने बिज्ञहरु बताउछन् । परिवर्तित विद्यार्थी भिजा प्रणाली अन्तर्गत अन्तराष्ट्रीय विद्यार्थी बन्द गर्ने उक् को प्रयास छ ।
उप कुलपति स्टीव स्मिथ को भनाई अनुसार यो निर्णयले ब्रिटिश शिक्षक तथा विद्यार्थीहरु को यात्रा अघि बढ्ने नै छ तर ब्रिटेन पछि सरेको र ब्यापारको लागि तयार नभएको भान अन्य मुलुक मा पर्न सक्छ ।







