शिव भण्डारी
गुल्मी आंपचौर पुर्खौली घर भएका आनन्द खराल विगत ७ वर्षदेखि बेलायतमा सम्पर्कविहीन भएका छन् । सन् २००८ यता हालसम्म खरालले घर परिवार वा आफन्तलाई केही खवर नगरेको उनका मामा लेखनाथ घिमिरेले लन्डन नेपाल न्यूज डट कमलाई जानकारी दिएका छन् ।
लामो समयसम्म परिवारबाट सम्पर्कविहीन भएपछि अहिले उनको खोजीमा मामा–माइजु नेपालबाट यूके आएर हेस्टिंग आफन्त (आनन्दको सानीआमाको घर) कहां बसिरहेका छन् ।
खरालका मामाले दिएको जानकारीअनुसार आनन्दले अन्तिम पटक सन् २००८ मा एक पटक घरमा टेलिफोन सम्पर्क गरेका थिए ।
सम्पर्कमा आउंदा आनन्दले आफू लन्डनमा सेफ काम गर्ने गरेको र लन्डनको बेटरसी पार्क तथा पटनीमा बस्ने बताएका थिए । त्यसपछि उनी सम्पर्कमा छैनन् । पुर्खौली घर गुल्मी आंपचौर भएका खरालको परिवार यतिबेला दिव्यपुरी केलौनी नवलपरासीमा स्थायी बसोबास छ ।
लन्डनमा बेपत्ता आफ्ना छोरा सम्झेर उनकी आमा दिनरात आंशुमा डुबेकाले आफूहरु भान्जा खोज्न आएको मामाले बताए । उनका पिता पक्षघातले हिंडडुल गर्न सक्दैनन् । विरामी बाबु छोरा सम्झंदै ओछ्यानमा रोएर बसिरहेको मामाले बताए । बाबु असल समाजसेवीका रुपमा गाउंमा नाम चलेका व्यक्ति हुन् । उनका दुई छोरामध्ये एउटा छोरा श्याम खराल नेपालमै शिक्षक छन् ।
अठार वर्षअघि जर्मनी, बेल्जियम हुंदै लन्डन आइपुगेका खराललाई नजिकबाट चिन्ने यादव पौडेलका अनुसार साथीभाइसंग अति मिलनसार खरालको सबै गुण राम्रो थियो, तर उनी बेटिङ हाउस (जुवाघर) मा नियमित जाने गरेको निकट बताउंछन् ।







![1604461_728151487216501_1184449425_n[1]](http://londonnepalnews.com/wp-content/uploads/2015/06/1604461_728151487216501_1184449425_n1-150x150.jpg)