काठमाडौं, ९ आषाढ । प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरुको बैठकले १६ बुँदे सहमतिको मर्मका आधारमा संविधानको मस्यौदा गर्ने जिम्मेवारी फेरि कार्य दललाई नै दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको बैठकले मस्यौदा कार्यदललाई नै विवादित विषयको टुंगो लगाउन दिने निर्णय गरेको हो ।
बैठकले कार्यदललाई बहुलवाद, संक्रमणकालीन व्यवस्था, पुनर्नियुक्तिलगायतको सम्बन्धमा भएका सहमतिलाई मिलाएर मस्यौदा बनाउन जिम्मेवारी दिएको नेताहरुले बताएका छन् । बैठकमा सर्वोच्च अदालतको फैसलापछि राज्य पुनःसंरचनाको विवाद कसरी टुंग्याउने भन्ने विषयमा छलफल भएपनि त्यसमा टुंगो लाग्न नसकेको बताइएको छ । बुधबार दिउँसोसम्म मस्यौदा बनाउन भनिएपनि समय अपुग भएको भन्दै कार्यदलको बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ ।
१६ बुँदेकै मर्मअनुसार संविधानको मस्यौदा






