चिली, ९ असार । दक्षिण अमेरिकी महादेशकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिकाको क्वाटरफाइनल खेलहरु बिहीबारबाट हुँदैछन् । चिलीमा जारी प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा आयोजक चिली र उरुग्वे भिड्नेछन् । नेपाली समय अनुसार विहीबार बिहान सवा ५ बजे हुने खेल दुबै टोलीका लागि कठिन हुने धेरैको अनुमान छ ।
घरेलु मैदान र समर्थकबाट हौसिएको चिलीलाई यसपटक उपाधि दावेदारको रुपमा हेरिएको छ । उता कोपा अमेरिकाको इतिहाँसकै सर्वाधिक सफल टोली उरुग्वे हरेक संस्करणको स्वभाविक दावेदार हो । कोपा अमेरिकाअन्तर्गतका अन्य क्वाटरफाइनल खेलमा बोलिभिया र पेरु, अर्जेन्टिना र कोलम्बिया तथा ब्राजिल र पाराग्वे भिड्नेछन् ।
क्वाटरफाइनल खेलहरु भोलिदेखि






