लन्डन। बेलायतको मिडल्याण्डमा बस्ने नेपालीहरूको ठुलो समाजिक संस्था साझा नेपाली समाजको अध्यक्षमा हिरा(दीपक)सापकोटा चुनिएका छन्। समाजको आज जुलाई ३ मा मिडल्याण्डको कोभेन्ट्रीमा सम्पन्न छैठौ अधिवेशनबाट अध्यक्षमा समाजसेवी दीपक सापकोटा लगायत पूरै कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् ।
उपाध्यक्षमा शिब खरेल, शम्भु अर्याल, राम प्रसाद पंन्थी, महासचिवमा शशांक शर्मा, कोषाध्यक्षमा उपेन्द्र पौडेल, सह कोषाध्यक्षमा उपेन्द्र सापकोटा र कार्ससमितिका सदस्यहरूमा दिनेश राज ढकाल, दशरथ खरेल, गणेश सापकोटा, भुवन रिजाल, दीपक पौडेल, सुदर्शन पराजुली, राजु खत्री, दिनेश प्रसाद कडेल चुनिएका छन् ।
साझा नेपाली समाजका ट्रष्टी दयानिधि सापकोटा संयोजक र टष्ट्री रण बहादुर केसी एवं सल्लाहाकार केशव भण्डारी सदस्य रहेको निर्वाचन समितिले सबै प्रकिया पुरा गरी आगामी २ वर्षको कार्यकालको लागि कार्यसमिति निर्विरोध चयन भएको घोषणा सधारण सभामा गरेको थियो । निर्वाचित पदाधिकारी र सदस्यहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै सपथ ग्रहण पनि गराइएको थियो । 
साझा नेपाली समाजका निवर्तमान अध्यक्ष कृष्ण शर्मा सापकोटाको सभापतित्वमा संचालित समाजको छैटौ अधिवेशनमा उद्घाटन सत्रमा समाजका संस्थापक अध्यक्ष शंकर भण्डारी, ट्रष्टी संयोजक एवं पूर्व अध्यक्ष महेश अधिकारी, ट्रष्टी एवं पूर्व अध्यक्ष रण बहादुर केसी, ट्रष्टी दयानिधि सापकोटा,
ट्रष्टी गोमा पौडेल,पूर्व अध्यक्ष गंगाधर गौतम, पूर्व अध्यक्ष राजु कडेल, पिटरवोरो नेपाली समाजका अध्यक्ष केशव खतिवडा, सिर्जनशील लेश्टर समाजका अध्यक्ष पुंडरी अर्याल, कोभेन्ट्री समाजका अध्यक्ष शन्तोष पौडेल,नोटिंघम समाजका पूर्व अध्यक्ष विष्णु चालिसे, शान्ति नेपाली समाज युकेका पूर्व अध्यक्ष कोश्लेश्वर ढकाल यार्डली-सोलिहु समाजका महासचिब राजु खत्री, ग्रान्थम नेपाली समाजका किशोर लामिछाने, समाजसेवी राजीव लामिछाने लगायतले अधिवेशनको सफलताको शुभकामना दिएका थिए ।
अधिवेशनको वन्द सत्रमा समाजमा मिडल्याण्डका धेरै नेपाली संघसंस्था आवद्ध हुदै गएको र यसलाई अझ एकतावधद्ध गराउदै लैजानु पर्ने देखिएकोले समाजको विधानमा आवश्यक संसोधन गर्नका लागि कार्य समितिले एक विधान समिति बनाउने र समितिले आगामी साधारण सभाबाट समाजका अग्रज एवं सदस्यहरूले उठाएका विषय वस्तुलाई सम्वोधन गर्ने गरी संशोधन प्रस्ताव पेश गर्ने निर्णय गरेको छ । वन्दसत्रमा निवर्तमान महासचिव राम प्रसाद पंन्थीले प्रस्तुत गरेको समाजको दुईवर्षको गतिविधि एवं आर्थिक प्रतिवेदन साधारणसभाले पारित गरेको थियो ।
आफ्नो कार्यकालको सहयोगको लागि निवर्तमान अध्यक्ष कृष्ण सापकोटाले सबैमा आभार व्यक्त गर्दै नयां कार्यसमितिलाई हार्दिक शुभकामना दिए ।
यसैगरी संस्थापक अध्यक्ष शंकर भण्डारीले सबैको तर्फबाट नयां कार्यसमितिलाई हार्दिक शुभकामना दिए । नवनिर्वाचित अध्यक्ष दीपक सापकोटाले सबैको सहयोगले समाजलाई सबैको साझा बनाउने प्रण गरे भने महासचिव शशांक शर्माले समाजलाई समाजिक गतिविधिले क्रियाशिल बनाउने बताए









