एनआरएनए अस्ट्रेलियाको सदस्यता आकाशियो : अहिलेसम्मकै रेकर्डमा उच्च

सिड्नी । एनआरएनए अस्ट्रेलियाको जुलाई २९ तरिखमा हुने चुनाव नजिकिँदै गर्दा सदस्यता लिनेहरुको संख्या अहिलेसम्मकै उच्च भएको छ । गत मे महिनाको १० तारिखवाट खुलेको सदस्यताका लागि जुन २८ सम्म सदस्यताको आवदेन दिने अन्तिम मिति तोकिएको थियो ।

अहिलेसम्म १९ हजार १ सय २ जनाले आवेदन दिएका छन् । आवेदन दिनेहरुको संख्या अहिलेसम्मकै सर्वाधिक रहेको छ भने एनआरएनएको सदस्य देशहरु मध्ये अस्ट्रेलिया ठुलो राष्ट्र बन्न सक्ने सम्भावना समेत बढेको छ । अघिल्लो पटक १५ हजार सदस्य रहेको एनआरएनएमा यसपटक मात्रै ४ हजार १ सय २ जना सदस्य थप हुने भएका छन् । अस्ट्रेलियामा सबैभन्दा बढी न्यू साउथ वेल्सवाट ५ हजार ४ सय ६० जनाले सदस्यताका लागि आवेदन दिएका छन् ।

त्यस्तै भिक्टोरिया राज्यवाट २ हजार ४ सय ५५, क्विन्सल्याण्ड राज्यवाट १ हजार ७ सय १३, वेस्टर्न अष्ट्रेलियावाट १ हजार ६ सय १८, तास्मानिया राज्यवाट १ हजार ३ सय ४०, नर्दन टेरोटरीवाट ८ सय ७३ र अष्ट्रेलियन क्यापिटल टेरोटरीवाट १ हजार ५ सय ७३ जना सदस्यका लागि आवेदन दिएका हुन् । सदस्यताका लागि परेका आवदेन मध्ये २ हजार ५ सय २३ जनाको विभिन्न कारणले सदस्यता स्वीकृत हुन नसकेको र छिट्टै नै पक्रिया पुरा गरेर सदस्यता स्वीकृत गरिने एनआरएनए अस्ट्रेलियाले जनाएको छ । सबै राज्य सयोंजकहरुले भ्यारीफाई गर्ने र अध्यक्ष र महासचिवले अन्तिम टुगों लगाएपछि सदस्यता स्वीकृत हुने एनआरएनए अध्यक्ष नन्द गुरुले बताए । कुन समयमा कतिले सदस्यता भरे भन्ने कुरा स्पट रहेको भन्दै उनले शंका गर्नुपर्ने ठाउँ नरहेको र यो हप्तामा सकिने महासचिव राजु अधिकारीले बताए ।

एनआरएनए अस्ट्रेलियाको एनसीसीमा अध्यक्ष, महासचिव, कोषाध्यक्ष, सह सचिव,युवा संयोजक,सचिव, र नारी निकुञ्ज अध्यक्ष रहनेछन् भने अस्ट्रेलियाको ८ वटै राज्यबाट राज्य सयोंजक र सहसयोंजकको नयाँ नेतृत्व  कार्य सामिति चयन हुने र  प्रत्येक राज्यमा नारी निकुञ्ज नेतृत्व  कार्य सामिति रहने व्यवस्था छ । अध्यक्षमा ३ जनाको दाबी एनआरएनए अस्ट्रेलियाको अध्यक्ष पदका लागि अहिलेसम्म ३ जनाले दाबी गरेका छन् । देव गुरुङ, अनिल पोखरेल र डिला खरेलले अध्यक्ष पदका लागि आकांक्षा व्यक्त गरेका हुन् । बीचबीचमा एनआरएनएको सदस्यताको विषयमा टिकाटिप्पणी समेत हुने गरेको छ । निर्वाचनका बेलामा विभिन्न खेमामा विभाजित हुने र एक अर्कामा आरोप प्रत्यारोपण समेत गर्ने देखिएको छ । यो एनआरएनएको पुरानो रोग हो ।