दूतावासले ३६ करोड बढी ठगेको अाराेप

NRN-malasya

काठमाडौ । विदेशिएका नेपालीहरुको हितका लागि स्थापित दूतावासले घर फिर्तीको नाममा प्रत्येक कामदारबाट सरकारी दस्तुर भन्दा झण्डै नौ हजार रुपैयाँ बढी लिएर ठगि गरिरहेकेा गैरआवासीय नेपाली संघ मलेसियाले आरोप लगाएको छ ।

मलेसियन एकहजार ६० रिंगेट खर्च गरेर नेपाल फर्किन पाउने ब्यवस्था भए पनि दूतावासले विभिन्न शीर्षकमा बढी रकम लिने गरेको एनआरएनए मलेसियाको आरोप छ ।

कोप्रसी ईमिग्रेसन एसटीएन विएचडीलाई मलेसियन एक हजार दुई सय ८० बुझाएर आएपछि मात्रै ट्राभल डकुमेन्ट दिने ब्यवस्था गरेर दूताबासले ठगी गरेको एनआरएन मलेसियाका महासचिव सुनिल चालिसेले बताए । प्रतिब्यक्ति ३ सय ८० मलेसियन रिंगेट अर्थात नौ हजार नेपाली रुपैयाँ बढी तिर्नुपरेको भन्दै एनआरएन मलेसियाले आपत्ति जनाएको छ ।

अहिलेसम्म ४० हजार भन्दा बढी नेपालीहरु सो प्रक्रियाबाट फर्किदा ३६ करोड नेपाली रुपैया कामदारबाट ठगि भएको एनआरएनको दाबी छ । करिब ९ लाख नेपाली रहेको मलेसियामा विविध कारणले अवैध ठहरिएका नेपाली कामदारको संख्या पनि उत्तिकै छ ।