बेलायतमा स्याङ्जाली समाज यूकेले जित्यो छेलो फाल्ने प्रतियोगिता

लण्डन । स्याङ्जा समाज यूकेले यसपटकको गोर्खा कपमा आयोजित छेलो फाल्ने प्रतियोगितामा उपाधि जितेको छ ।

तमुधिं यूकेले गत आइतबार अल्डरसटस्थित क्वीन्स् एभिन्यू खेल मै
दानमा गरेको गोर्खा कपमा निकै आकर्षक मानिएको मौलिक छेलो फाल्ने प्रतियोगिताको उपाधि यस वर्ष पनि स्याङ्जाको राङभाङ समाज यूकेले हात पारेको हो ।

फुटबलमा समेत राम्रो प्रदर्शन गर्ने समाजले मे २८ तारिखमा सम्पन्न छेलो फाल्ने प्रतियोगितामा स्याङ्जा टक्सार स्थायी घर भई हाल यूके रिडिङ निवासी निरज गुरुङले युथतर्फ उत्कृष्ट जित हासिल गर्न सफल भएका छन् । त्यस्तै भेट्रान तर्फ स्याङ्जाको पुतलीबजार घर भई हाल 
पोर्टसमाउथ बस्ने गोकुल बहादुर गुरुङले हात पारेका छन् । दुवै तर्फ समाजले जित हासिल गरेको हो ।

गोर्खा कपमा विशेष आकर्षण बनेको थियो नेपाली मौलिकता बोकेको छेलो फाल्ने प्रतियोगिता ।

फुटबल मुख्य खेलको रुपमा आयोजना गरिंदै आएपनि गोर्खा कपमा छेलो फाल्ने प्रतियोगिता समेत समावेश गरिएको थियो ।

कार्यक्रममा स्याङ्जा समाज यूकेका सल्लाहकार डेबिड गुरुङले गोर्खा कपमा छेलो फाल्ने प्रतियोगिता समावेश गर्दा गोर्खा कपलाई उचाईंमा पुरयाएको बताए । उनले लोपोन्मुख यस्ता खेललाई प्रवर्धन गर्न समेत मद्धत पुगेको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा स्याङ्जा समाज यूकेका अध्यक्ष शारदा गुरुङ, उपाध्यक्ष भरत गुरुङ, संरक्षक कप्तान प्रेम बहादुर गुरुङ, सल्लाहकारहरू रामकाजी गुरुङ, श्री प्रसाद गुरुङ, नवराज गुरुङ, कप्तान भिम बहादुर गुरुङ, रांगभाग समाज यूकेका अध्यक्ष झ्याम थापा, संस्थापक अध्यक्ष राजबहादुर गुरुङ ,महासचिव मेखबहादुर थापा, व्यवस्थापक निल कुमार थापा, जंग गुरुङ, अमृत गुरुङ, गंगा गुरुङ लगायत हजारौँ दर्शकको उपस्थिति थियो ।