राष्ट्रिय स्वतन्त्र पार्टीको यूके बिभाग गठन हुँदै,को बन्ला सभापति ?

लन्डन । स्थापनाकालको छोटो अवधीमै लोकप्रिय भोट ल्याएर २० जना सासद सहित नेपालको चौथो ठूलो पार्टि बन्न सफल राष्ट्रिय स्वतन्त्र पार्टिले बेलायतमा पनि आफ्नो संगठन बिस्तार गर्ने भएको छ ।

राजनैतिक ब्यवस्था होइन जनताको अवस्था बदल्ने भन्ने मुल नारा सहित पुर्वसचारकर्मी रबि लामिछानेको नेतृत्वमा ससदिय निर्वाचनमा भाग लिएर प्रत्यक्षमा ७सिट र समानिपातिकमा १३सिट गरि जम्मा २० सिट प्राप्त गरेको रास्वपाले चुनाव लगत्तै एमालेको समर्थनमा बनेको प्रधानमन्त्री पुष्प कमल दहाल नेतृत्वको सरकारमा सामेल भएको थियो ।

गृहमन्त्रालय, स्वास्थ्य मन्त्रालय, श्रम मन्त्रालय र सिक्षा मन्त्रालय सहितको प्रभावशाली मन्त्रालयहरु सहित सरकारमा सामेल भएको रास्वपाले ३२ दिन पस्चात् सरकार छोडेको थियो । पार्टी शभापती रबि लामिछानेको नागरिकता बिवादको बिरुद्दमा अदालतले गरेको फैसला पस्चात् उपप्रधान सहित गृहमन्त्रीको रुपमा रहेका लामिछानेलाई पदमुक्त गरिए पछि रास्वपाले सरकार छोडेको थियो ।

सरकार बाट बाहिरिएपछी देश बिदेशमा पार्टिको सगठन बिस्तार गर्ने कार्यलाई तिब्रता दिदै आएको रास्वपाले दक्षिण कोरिया, जापान ,भारत लगायतका देशहरुमा प्रवास बिभाग गठन गरिसकेको छ । यसै क्रमलाई निरन्तरता दिदै बेलायतमा पनि रास्वपाको सगठन बिस्तार गर्ने अन्तिम चरणमा पुगेको छ।

रास्वपा प्रती सदभाव ब्यक्त गर्ने र लगाव प्रकट गर्ने बेलायतवासीहरुलाई समेटेर प्रवास नेपाली सम्पर्क बिभागको घोषणा गर्ने तयारी गरिरहेको रास्वपाले भोलि आईतवार बिहान १० बजे जुम भेलाको आयोजना समेत गर्नब्लागेको रास्वपाका उपशभापती तथा पुर्व श्रम मन्त्री डि पि अर्यालले बताउनु भयो ।

हाल भारतको बिभाग घोषणा कार्यक्रमको लागि बैङ्गलोर पुग्नु भएका उपशभापती अर्यालले बेलायतमा पनि सगठन बिस्तारको पुर्वतयारी अनुरुप बेलायतवासी नेपालीहरु बिच जुम बैठकको आयोजना हुन लागेको जानकारी गराउनु भयो । साथै उक्त बैठकलाई रास्वपा युवा सांसदद्वय शिव नेपाली र सुमना श्रेष्ठ लगायत तनहुँ र बारा जिल्ला क्षेत्र नम्बर २ का उम्मेदवारद्वय स्वर्णिम वाग्ले र रमेश खरेल समेतले सम्बोधन गर्ने जानकारी प्राप्त भएको छ ।

रास्वपाले बेलायतवासी परिवर्तनप्रेमी नेपाली दाजुभाईदिदी बहिनीहरुलाई जुम बैठक मार्फत जोडिन आग्रह गर्दै सामाजीक सजाल मार्फत निम्न बमोजिम बैठकको लिङ्क सार्वजनिक गरेको छ ।

आगामी आईतवार (16 अप्रिल 2023) बिहान 10 बजे युके निवासी रास्वपा प्रती सदभाव र लगाव व्यक्त गर्ने अगुवा ब्यक्तिहरुको उपस्थितीमा ‘प्रवास नेपाली सम्पर्क बिभाग’ गठनार्थ जुम मिटिङ्गको आयोजना गर्न लागिएको हुँदा सो मिटिङ्गमा यहाँको अमुल्य सल्लाह/ सुझाव सहित न्यानो उपस्थितिको लागि हार्दिक सादर अनुरोध गरिन्छ ।

विशेष आतिथ्यता: -माननीय सुमोना श्रेष्ठ -माननीय शिव नेपाली – रमेश खरेल आभारी; बाबुराम न्यौपाने बैठक संयोजक

Topic: RSP UK meeting Time: Apr 16, 2023 10:00 AM London Join Zoom Meeting https://us06web.zoom.us/j/84369799794?pwd=akJSWWlWSkxLOCtBdnYzekN3eUJWZz09 Meeting ID: 843 6979 9794 Passcode: 2023