पिटरवोरो नेपाली समाज युकेको अध्यक्षमा केशब खतिवडा निर्बचित,अरु को को आए समितिमा ?

लन्डन । पिटरवोरो नेपाली समाज युकेको कार्यसमितिको अध्यक्षमा समाजका पूर्व उपाध्यक्ष केशब खतिवडा चुनिएका छन्। समाजको यही ५ फेब्रोवरीमा सम्पन्न ९औं अधिवेशनबाट अध्यक्षमा खतिवडा लगायत पूरै कार्यसमिति र ट्रस्टीहरू निर्विरोध निर्वाचित भएका छन् ।

उपाध्यक्ष विष्णु बहादुर थापा, महासचिव निरन्जन सेढाई, सचिव केशव पौडेल, कोषाध्यक्ष सुधिर श्रेष्ठ, सह कोषाध्यक्ष बलराम मैनाली र कार्ससमितिका सदस्यहरूमा युवराज ढकाल, दिवाकर सुवेदी, लव लामिछाने, शान्ती पाण्डे, राजु शर्मा, यांकी भुटिया, विश्व राज भण्डारी, मालती पौडेल, सुसिला आचार्य र ज्योति प्रधान निर्विरोध निर्वाचित भएका छन् ।

समाजले आफ्नै व्यवस्थापनमा संचालन गरेको वेस्टउड हल पिटरवोरोमा संचालित ९ औ अधिवेशनमा समाजका साधारण सदस्य एवं नेपालबाट भ्रमण आउनु भएका सदस्यहरूका आफन्तहरूको उल्लेख्य सहभागिता थियो । यसैगरी पिटरवोरो नेपाली समाजको ट्रष्टी वोर्डका सदस्यहरूमा किरण कार्की, महेश अधिकारी, केशव भण्डारी, पवन शर्मा र सिएम खरेललाई अधिवेशनले निर्विरोध चयन गरेको छ ।

क्याम्व्रिजसायरको पिटरवोरो सिटीमा बस्ने नेपालीहरूको समाजिक संस्था पिटरवोरो नेपाली समाज २००७ मा स्थापना भई २०१६ मा च्यारिटीमा दर्ता भई समाज लक्षित विभिन्न साजिक कार्य गर्दै आएको छ ।

पिटरवोरो नेपाली समाजका अध्यक्ष हरिहर भट्टराईको सभापतित्वमा संचालित ९औ अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि पिटरवोरो काउन्सीलका काउन्सीलर गुल नवाज, विशेष अतिथि राष्ट्रीय परोपकार महासंघ नेपालका केद्रीय सचिव कृष्ण शर्मा, समाजका पूर्व अध्यक्ष किरण कार्की, पूर्व अध्यक्ष एवं ट्रष्टी शिव भण्डारीले अधिवेशनको सफलताको शुभकामना दिएका थिए। समाजका महासचिव कृष्ण लुईटेलले संचालन गरेको कार्यक्रममा समाजका उपाध्यक्ष भिम खनालले स्वागत मन्तव्य दिएक थिए।

अध्यक्ष हरिहरी भट्टराईले आफ्नो कार्यकालमा गरेका कार्यको सविस्तार जानकारी गराउदै सहयोग गर्ने कार्यसमितिका पदाधिकारी, ट्रस्टी, सल्लाहाकार लगायत सबै सदस्यहरूमा धन्यवाद व्यक्त गर्दै आभार व्यक्त गरे । अधिवेशनको वन्द सत्रमा महासचिव कृष्ण लुईटेलले महासचिवको प्रतिवेदन, कोषाध्यक्ष दिपक वस्यालले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

दुबै प्रतिवेदनलाई अधिवेशनले पारित गरेको थियो । अधिवेशनमा सदस्यहरूले उठाउनु भएको जिज्ञासाहरूको जवाफ दिदै अध्यक्ष भट्टराईले आफ्नो नेतृत्वमा रहेको कार्यसमिति विघटन भएको घोषणा गर्दै निर्वाचन समितिलाई निर्वाचन प्रकिया अगाडि बढाउन अनुरोध गरेका थिए ।

निर्वाचन समितिका संयोजक गोविन्द वेलवासेले तोकिएको अवधिमा समाजको विधान अनुसार निर्वाचन समितिको सूचना अनुसार कार्यसमिति र ट्रष्टीमा उम्मेदवारी आएकोले कार्यसमिति र ट्रष्टीमा सबै निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए। निर्वाचन समितिमा समाजका सल्लाहाकार घनेश्याम पौडेल र जमुना श्रेष्ठ सदस्य रहेका थिए ।

नव निर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष हरिहर भट्टराई, पूर्व अध्यक्ष महेश अधिकारी,केशव भण्डारी र पवन शर्मा लगायतले वधाई दिएका थिए । नव निर्वाचित अध्यक्षले आफूलाई सबैले भरोसागरी अध्यक्षको जिम्मा दिएकोमा सबैलाई धन्यवाद दिदै समाज गरेका समाजिक कार्यलाई निरन्तरता दिदै समाजको हित सबैलाई समेटेर कार्य गर्ने प्रतिवध्दता व्यक्त गरे ।