बेलायतबाट ओझेलका खवर सञ्चालक सुनारलाई संचार सामाग्री

अनिल खत्री

गुल्मी, जेठ २७ ।  लोकप्रिय रेडियो कार्यक्रम ओझेलका खबरलाई अझ शसक्त र लोकप्रिय बनाउने उदेश्यका साथ अमेरीकाबाट यातायात व्याबस्थापनका लागी सहयोग आए लगत्तै बेलायतबाट पनि बुधवार संचार सामाग्री प्रप्त भएको छ । गुल्मी जिल्ला घर भई बेलायतमा कार्यरत नेपालीहरुले करिब ३५ हजार मुल्य बरावरको अत्यआधुनिक भ्वाईस रेकडर ओझेलका खबर संञ्चालक प्रेम सुनारलाई एक कार्यक्रमका बिच हस्तातरण गरेका छन् । 1902031_797586623631783_4133345376230997162_n[1]

गुल्मी जिल्ला समाज यूकेका सल्लाहाकार एबं रुपाकोट निवासी मोतीराज भण्डारीले सदरमुकाम तम्घसमा आयोजित एक समारोहका बिच सुनारलाई हस्तातरण गर्नु भएको हो । उहाँ आफु र समाजका अध्यक्ष जुभुङ्गका अर्जुन गौतम, उपाध्यक्ष वस्तुका केशव भण्डारी, सचिव जैसीथोकका शिव भण्डारी, मिडिया सेक्रेटरी आँपचौरका फणिन्द्र भट्टराई, गौडाकोटका गोकर्ण बस्नेतले २ सय ५० पाउण्ड मुल्यको रेकर्डर किनेर पठाएको भण्डारीले बताए । अत्याधुनिक रेकर्डर प्राप्त भए पछि ओझेलका खवरलाई थप सशक्त बनाउँदै लैजाने कार्यक्रम सञ्चालक सुनारले जनाए । यसै विच ओझेलका खवरलाई गाउँ गाउँ सम्म पुराउने सकियोस भन्ने उद्देश्य राखी अमेरिकामा कार्यरत आँपचौर ६ ईन्द्रेगौडाका कृष्ण अधिकारीले पनि कार्यक्रम सञ्चालक सुनारलाई यातयात व्यवस्थापनका लागि ५० हजार नगद पठाई सकेका छन् । ईन्द्रेगौडा स्थित अजुर्न अधिकारीका छोरा रहेका कृष्ण अधिकारीले सुरु देखि आफु ओझेलका खवरको नियमित श्रोता भएकोले ओझेलका खवर सञ्चालक सुनारलाई व्यक्तिगत सहयोग गरेको बताए । ओझलका खवर देश विदेशका दर्जनौं रेडियो र अनलाईनबाट प्रशारण हुँदै आएको छ । यस कार्यक्रमले विशेष गरी आर्थिक अभावका कारण उपचार नपाएकाहरुलाई उपचार खर्च जुटाउन महत्वपुर्ण भुमिका खेलेको छ । त्यस्तै घरवास नभएकाहरुको व्यवस्थापन, घरेलु हिंसा लगायत समाजका विविध गतिविधीहरुलाई उठान गर्ने गर्दछ ।