बेलायतमा बनेको ‘कैदीको पत्र’ स्कटल्याण्ड र लण्डनका प्रमुख सहरमा प्रदर्शनको तयारी

शिब भण्डारी

लण्डन । बेलायतमा बनेको चलचित्र ‘कैदीको पत्र’ स्कटल्याण्ड र लण्डनका प्रमुख सहरमा प्रदर्शनको तयारी गरिएको छ ।बिहिबार सांझ लण्डनमा एक पत्रकार सम्मेलन गरी चलचित्र ‘कैदीको पत्र’को ट्रेलर सार्वजनिक गरिएको हो ।

सनम कुमार बैरागद्धारा निर्देशित चलचित्र कैदीको पत्रको ट्रेलर देखाउदै सार्वजविक गरिएको हो ।

बेलायतवाट सेप्टेम्बर महिनावाट चलचित्र  प्रदर्शन शुरु हुने भएको छ। त्यस्तै, नेपाल भर आगामी नोभेम्बर महिनावाट हुने भएको जानकारी पनि निर्देशक सनम कुमार बैरागले दिएका छन्।

‘कैदीको पत्र’ आगामी सेप्टेम्बर १२ मा स्कटल्याण्डमा पहिलोपटक प्रदर्शन गरिंदैछ । नेपालमा मंसीर २ गते र लण्डनका विभिन्न १० स्थानमा आगामी मार्चमा प्रदर्शनको योजना बनाइएको सनमले जनाए ।

कार्यक्रममा स्व. मानन्धरकी धर्मपत्नी जानकी मनाधर पनि उपस्थित थिइन् । सो अवसरमा निर्देशक बैराग र गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गहामगरले पुष्प गुच्छा सहित उनलाई सम्मान गरेका थिए ।

चलचित्रमा अभिनय गरेका विभिन्न कलाकारले आफ्नो अनुभव सुनाउंदै आफूहरुले धेरै मिहिनेत गरेकोले फिल्म राम्रो बनेको बताए । उनीहरुले चलचित्र हेरेर हौसला दिन पनि आग्रह गरेका थिए ।

कलाकार सुस्मिता थापाले संचालन गरेको उक्त कार्यक्रममा वरिष्ठ पत्रकार सुमन खरेल, साहित्यकार कोमल मल्ल, समाजसेवी ध्रुव केसी, निर्माताहरु विक्रम जोशी र दिल घले, कलाकार ध्रुव दत्त, मनिष श्रेष्ठ लगायतले ट्रेलरको प्रशंसा गर्दै सफलताको शुभकामना दिएका थिए ।

सोही अवसर पारेर गैर आवासीय नेपाली संघ यूकेका अध्यक्ष गाहामगरले निर्देशक सनम कुमार बैरागलाई प्रशंसापत्र प्रदान गरेका थिए ।

निर्देशक सनम कुमार बैरागले उपस्थित अतिथिहरुलाई स्वागत गरेका थिए भने कार्यक्रममा एनआरएन युकेका अध्यक्ष प्रेम गाहा मगर, बरिष्ठ पत्रकार सुमन खरेल, यती नेपाली एसोसीयसन युकेका अध्यक्ष ध्रुब केशी, नेपाली साहित्य बिकास परिषद युकेका अध्यक्ष कोमल मल्ल समेतले कथाकार स्व इश्वर मानन्धरको सम्झना गर्दै चलचित्रको विषयमा बोलका थिए ।

कार्यक्रममा बरिष्ठ पत्रकार सुमन खरेल, नविन पोखरेल, नरेन्द्र बस्नेत, शीव भण्डारी, बाचस्पति रेग्मी, कुशल श्रेष्ठ, फोटोग्राफर शंकर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

पत्रकार सम्मेलन पछि बरिष्ठ पत्रकार सुमन खरेल,पत्रकारहरु शिव भण्डारी, नरेन्द्र बस्नेत र कुशल श्रेष्ठले फिल्म निर्माण युनिटसगं चलचित्रसगं सम्बन्धित विभिन्न प्रश्नहरु गरेका थिए ।

चलचित्रमा बेलायतमा नै रहेका नेपाली तथा विदेशी कलाकारहरुले अभिनय गरेको जानकारी निर्देशक सनम कुमार बैरागले दिएका छन्।

कैदीको पत्रमा स्वदेशी तथा विदेशी कलाकारलाई समेटिएको छ । चलचित्रमा ३५ प्रतिशत भन्दा बढी अंग्रेजी भाषाको प्रयोग गरिएको निर्माण यूनिटले जनाएको छ ।

चलचित्रमा ३५ प्रतिशतभन्दा बढी अंग्रेजी भाषा रहेको छ। युवा पुस्ताको बर्तमान फिल्मी चासोलाई मध्यनजर गरेर चलचित्रको कथा वस्तु अनुरुप अंग्रेजी भाषालाई पनि प्राथमिकता दिएको निर्देशक बैरागको भनाई छ। नायक विक्रम  जोशीको अलावा कैलाश विश्वकर्मा, दिल घले, नानीहेरा बैराग र हिराल जोशीको निर्माण रहेको छ।

निर्देशक बैरागकै गीत, पटकथा तथा संवाद रहेको यस चलचित्रमा बेलायतका पूर्व नेपाली राजदूत डा.दुर्गावहादुर सुवेदीको समेत अभिनय रहेको छ। चलचित्रमा बेलायती कलाकार माडिशन लाजारोश, क्यारी डुड्स, लरेन्स वेस्टवरी, फस्तासका साथमा सूवर्ण थापा, सलिना थापामगर, कुनाल विश्व, पृथ्वीराज खत्री, चरण प्रधान, मनिष श्रेष्ठ, प्रसुना कँडेल, सुस्मिता थापा, बिभिया श्रेष्ठ, बिजया श्रेष्ठ, कलिना श्रेष्ठ तथा बालकलाकार किरण कार्की र तपस्या शिवाकोटी लगायतका कलाकारहरुको विशेष अभिनय रहेको छ।चलचित्र ‘कैदीको पत्र’ को ट्रेलर  (भिडियो हेर्नुस)