भक्तपुर केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । भक्तपुर केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु भएर शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्प ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौँ उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महशुस गरिएको बताइएको छ ।

भूकम्पबाट कुनै क्षति भएको विवरण भने अहिलेसम्म प्राप्त भएको छैन ।