बेलायती महारानीको सिर्जनशिल लेष्टर नेपालले हर्षोल्लासका साथ मनायो ‘प्लेटिनम जुब्ली’

लन्डन ।बेलायती महारानी एलिजावेथ द्वितीयाले राजगद्धी सम्हालेको ७० औँ वर्षगांठको अबसरमा मिडल्यान्डको लेष्टर शहरमा नेपाली समुदायको तर्फबाट बेलायती महारानीको ‘प्लेटिनम जुब्ली’ एक बिशेस कार्यक्रम  भब्य रुपले मनाइएको छ।

सोमबार साँझ लेष्टरको रामगर्हिया कम्युनिटी सेन्टरमा मिडल्यान्डस्थित सिंगो नेपाली समुदायको सहकार्यमा सिर्जनशिल लेष्टर नेपालद्वारा आयोजित‘प्लेटिनम जुब्ली’ उत्साहजनक रुपमा सम्पन्न गरिएको हो ।नेपाली शैलीमा पञ्चेबाजा बजाउदै प्लेटिनम जुब्ली मनाइएको समारोहमा नेपाली तथा बेलायती दुवै समुदायका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहेको थियो।

सिर्जनशिल लेष्टर नेपालका अध्यक्ष नारायण फुँयालले अध्यक्षता गरेको कार्यक्रमलाइ संस्थाका महासचिब पुन्डरी अर्यालले पहिलो चरणको कार्यक्रम संचालन गरेका थिए भने दोश्रो चरणको कार्यक्रम समाजका सचिव शिव पराजुलीले संचालन तथा स्वागत मन्तब्य दिएका थिए।

कार्यक्रमका अतिथिहरुलाई संस्थाका सचिव लक्ष्मण गौतम र सदस्य माया प्रधानले खादा तथा ब्याज वितरण गरेका थिए।  हल व्यवस्थापन उपाध्यक्ष शिव गौतमले गरेका थिए ।

समारोहमा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, स्थानीय लेष्टरशायरका मेयर जर्ज कोल,सांसद क्लडिया वेब, एनआरएनए अध्यक्ष कुल आचार्य, एनआरएन उपमहासचिब रामशरण सिमखडा,रोयल बरो अफ ग्रीनवीचका काउन्सिलर जीत रानाभाट,एनआरएनए यूकेका उपाध्यक्ष नारायण दत्त कँडेल,एनआरएनए यूरोप क्षेत्रीय उपसंयोजक दयानिधी सापकोटा,बीबीसी मास्टर सेफ सन्तोष साह,सिर्जनशील लेष्टर नेपालका पूर्व अध्यक्ष राजु कंडेल,साझा नेपाली समाजका उपाध्यक्ष कृष्ण खरेल लागयातले सम्बोधन गरेका थिए।

समारोहमा एक दर्जन बढी स्थानीय तथा नेपाली राष्ट्रिय कलाकारले विशेष प्रस्तुति गरेका थिए ।सो अवसरमा वीरु लामा, कल्पना श्रीपाल, शान्तीरानी परियार, विशाल रायमाझी, अस्मिता डल्लाकोटी, कृष्ण अखेली, भूमिका शाह, तुल्सी क्षेत्री लगायतका राष्टिय स्तरका गायकगायिकाले प्रस्तुति गरेका थिए। मोडल रीना थापामगरसहित स्थानीय कलाकारले नेपाली गीतमा आकर्षक नृत्य देखाएका थिए । कार्यक्रमको अन्त्यमा डिजे डान्समा समेत सहभागीहरु रमाएका थिए ।

सिर्जनशिल लेष्टर नेपालका अध्यक्ष नारायण फुँयालले कार्यक्रममा बोल्दै स्थानीय बेलायती समुदायसँग नेपाली समुदायको सम्बन्धमा हार्दिकता थप्ने र नेपाली कला, संस्कृतिको प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्धेश्यले गरिएको कार्यक्रम भव्य रुपमा सफल भएको भन्दै सबैको सहयोग र सहभागिताको निम्ती धन्यवाद ज्ञापन गरे ।

बेलायतकै इतिहासमा पहिलोपटक महारानी एलिजावेथको राजगद्धी ७० वर्ष पूरा भएको अवसरलाई बेलायतभर ठूलो उत्सवका रुपमा मनाइंएको छ ।

बेलायती महारानीको ‘प्लेटिनम जुब्ली मनाउन बेलायतका विभिन्न क्षेत्र तथा स्थानिय लेष्टर र मिडल्याण्डका पिटरबरो, नटिंगहम, बर्मिंगहम, वुल्भरह्याप्टन, गान्थम, यार्डली, डर्बीका साथै लन्डन, अल्डरसट, रेडिङ, नर्दन आयरल्यान्ड र स्कटल्याण्डका प्रतिनिधिले हल खचाखच भरिएको थियो।