शिव भण्डारी
लण्डन ।
पछील्लो समय प्रबासमा नेपालीहरू बिभिन्न पेशा र ब्यबसाय तर्फ अग्रसर हुन थालेका छन । अरूको काम भन्दा पनि आफ्नै ब्याबसाय गर्न तर्फ उत्साहित हुनाले प्रबासमा नेपालीहरूको ब्याबसायले बिस्तारित रूप पनि पाईरहेको छ ।

यसै क्रममा बेलायतमा ब्यापार ब्यावसाय गरिरेहका नेपाली युवा ब्यावसायीले केन्ट स्थित जिलिङहाममा नयाँ रेष्टुरेण्ट खोलेका छन् । ब्यावसायीहरु लेखनाथ घिमिरे,लक्ष्मण पाण्डे,मोहन घिमिरे,राजकुमार चम्लागाईले संयुक्त रुपमा रेष्टुरेण्ट,सिजलिङ लन्ज सञ्चालनमा ल्याएका हुन् ।
नेपालमा पुखौली घर झापाका लेखनाथ घिमिरे बेलायतमा सिनिएर एकाउन्टेन्ट हुन् भने लक्ष्मण पाण्डे काठमाडौँ स्थाई घर भएका उनी बेलायतमा आफ्नै Recruitment Agency संचालन गर्दै आएका छन् यसैगरी मोहनलाल घिमिरे नेपालमा गुल्मीका उनी पेसाले नान्दुजका म्यनाजर रुपमा कार्यरत छन् र राजकुमार चम्लागाई नेपालको स्थाई घर तेहृथुम भएका उनी बेलायतमा आफनै बिज्ञापन कम्पनीको संचालक तथा अन्य व्यवसाय संचालन गर्दै आएका छन् । मे २३ मा सोमबार साझ उक्त लन्जको समुद्घाटन तथा सेवा आरम्भ गरिएको हो ।

रेष्टुरेन्ट शुभारम्भमा कर्यक्रमममा बेलायतमा ब्यावसाय तथा अन्य क्षेत्रमा काम गरिरहेका नेपालीहरुको वाक्लो उपस्थिति रहेको कार्यक्रममा ब्यावसायीहरु घिमिरे, पाण्डे, र चम्लागाईले रेष्टुरेण्ट सिजलिङले गुणस्तरीय, सफा र शान्त वातावरणमा वसेर नेपाली खानाको स्वाद लिनको लागि रेष्टुरेण्ट सधै लागि पर्ने वताए ।

सेवा सुभारम्भ भएको जानकारी दिँदै सञ्चालक लेखनाथ घिमिरेले बेलायतको जिलिङहाम क्षेत्रमा यस्तो व्यवसायको अभाव भईरहेको अवस्था बुझेर नेपाली समुदायका व्यक्तिहरु र अन्य समुदायका व्यक्तिहरुलाई नेपाली र ईन्डियन परिकारहरुको स्वाद दिने गरी लन्ज सञ्चालनमा ल्याईएको जानकारी दिए । सबैको साथ र सहयोग रहेकाले आफुहरु सफल हुनेमा विश्वस्त रहेको उनले बताए ।

उक्त रेष्टुरेण्ट मिडवे काउन्सिलमा ५ वटा हाइस्टेटहरु (जिलिङहाम, क्याथम, रोचेस्टर, स्ट्रूट, र रोहिंहम) क्षेत्रमा अवस्थित छ।यस क्षेत्रमा नेपालीहरूको बस्ती बाक्लिदै जानु र यही कुरालाई मध्यनजर गरेर नेपालीहरूकै लगानीमा रेष्टुरेण्ट सन्चालनमा आउंनुलाई सकारात्मक रूपमा लिइएको छ । यस क्षेत्रमा २ सय ५० घरसहितको नेपाली बस्ती बनेको छ ।

१५० सिटको रेष्टुरेन्ट तथा माथिल्लो तलामा ६ बेडरुम फ्ल्याट छ । अहिलेको अवस्थालाई विस्तार गरेर आगामी दिनमा एक सय भन्दा बढी मानिसहरु एकै साथ कार्यक्रम गर्न सक्ने सभाहल निर्माण गर्ने तैयारी भईरहेको अर्का सञ्चालक मोहन घिमिरेले बताए ।

लण्डन नेपाल न्यूज सगंको कुराकानीमा सञ्चालक मध्येका एक लक्ष्मण पाण्डेले भर्खरै सुरुवात भएको व्यवसायलाई यस क्षेत्रमा नयाँ र थप परिस्कृत तरिकाले लैजाने सोँच बनाएको बताए । जिलिङहाममा रहेका सबै समुदायको माग र आवश्यकतालाई ध्यानमा राखेर व्यवसायलाई सेवा मुखी समेत बनाउने आफुहरुको ध्येय रहेको उनको भनाई छ ।

लन्जबाट अहिले डाईनिङ,फंक्सन,क्याटरिङको सेवा सहित उत्कृष्ट ईन्डियन र नेपाली खानाका परिकारबाट ग्राहकलाई सन्तुष्टी प्रदान गरिने अर्का सञ्चालक राजकुमार चम्लागाईले बताए, उनले विवाह, पार्टी र होम डेलिभरीको व्यवस्था गरिएको पनि बताए । उनले एकपल्ट लन्जको भिजिट गरी सेवा लिन आग्रह समेत गरे ।

रेस्टुरेण्टमा करिब १०० जना माथि र ५० जना तल गरी १५० जना एकैपटक बसेर खान मिल्ने ब्यबस्था गरिएको छ भने १० जनालाइ सुरूवातमा रोजगारी समेत दिएको छ । कार्यक्रममा उपस्थित व्यक्तिहरुले शुभकामना दिएका थिए । रेष्टुरेण्टको विधिवत औपचारिक उद्घाटन समारोहको दृष्य यस्तो देखियो ।

रेष्टुरेन्ट शुभारम्भका थप तस्बिरहरु हेर्नको लागि तलको लिंक क्लिक गर्नु होला :
https://www.facebook.com/media/set/?vanity=londonnepalnews&set=a.5011970075588147






