बेलायती प्रधामन्त्री जोनसनले गरे फेरी लकडाउन हुने सकेंत

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नयाँ कोभिड भेरियन्ट र उप-भ्यरियन्टहरू देखा परे अर्को लकडाउनको संकेत गरेका छन् ।

जोनसनले अर्को कडा लकडाउनको सम्भावना भने अस्वीकार गरे तर बच्चाहरूलाई नयाँ भेरियन्ट देखा परेमा आफू कुनै पनि कदम चाल्न तयार रहेको बताए ।

शुक्रबार एक अन्तर्वार्तामा उनले भने, ‘म यस्तो कुनै पनि घटना फेरि नहोस् भनेर जोगिन चाहन्छु तर म कुनै कुरालाई इन्कार गर्न सक्दिन ।’

बेलायतका केही भागहरूमा संक्रमणको संख्यामा ठूलो गिरावट आएको छ तर नयाँ भेरियन्टका कारण संक्रमण फैलन सक्ने त्रास बढेको छ ।