लन्डन। एनआरएन युकेमा २०१३ – २०१५ मा तिब्र बिबाद हुँदा एनआरएन युके बिभाजित गर्ने प्रमुख पात्र मध्ये म पनि एक थिएँ।
NRNA UK को २०१३ सालमा दुई हलमा एकै दिनमा अधिवेशन भयो। एउटा पक्षको म महासचिब थिएँ। हामी बैधानिक हौं,हामी क्रान्तिकारी हौं,भन्दै नयाँ नयाँ कार्यक्रम लिएर म दिन रात खटें।हामी बैधानीक हौं,हामी असल हौं,जन मानस हामी संग छ भन्दै हरेक दिन प्रवचन दिई बैचारिक झगडा गरे पनि हामी कहिं पुगेनौं।
अन्तत NRNA UK को दुबै समिती एक हुन करै लाग्यो।एक भइयो तर मेरो त्यो कराई,खटाई, प्रवचन,समिती बिस्तारले म वा हामी कहिं पुगेनौं।त्यो खटाइले गर्दा बरु मेरो स्वास्थ्यमा असर परि सुगर,प्रेसर,कोलेस्ट्रोल level बढ्यो । बिरामी परे।त्यो बिभाजितअभियानमा परिश्रम गरी अली अली बचाएको पाउण्ड पनि खादा मालामा सकियो।समय दिए अनुसार,गरे अनुसार कतै पुगिएन ।
अन्तत NRNA UK एक बनाईयो।त्यो NRNA UK एक भएको दिन देखी म सदैब मध्यमार्गी पक्षमा उभिंदै आएको छु। आर के त्रिपाठीको दुई डुङ्गामा खुटटा राखे भनि केहि साथीले इन Box मा लेखे। हो म मध्यमार्गी भावनाको मान्छे हुँ। विनोद कुँबर, शेष घले संग संवाद छलफल गरी एकल NRNA बनाउन कुल आचार्य जी ले आउँदा दिनमा NRN सरोकारको एजेण्डामा एकल ध्वनी साथ अगाडी बढ्नु पर्दछ।फुटेर कहिं पुगिदैन।कोहि पनि हौसीन जरूरी छैन।
मेरो सम्मान,खादा,राम्रो काम गर्ने सबैले पाउनु हुनेछ। म NRNA भित्र रहे पनि,बाहिर रहे पनि हामीले अवैधानिक निर्णय गरी अगाडी बढेको भए अब भविष्यमा सोच विचार राखी बिधी, बिधान,पद्धती,प्रक्रिया पूर्ण गरी कार्य गर्ने संकल्प साथ अगाडी बढ्न सरोकार वाला हरुलाई बिनम्र निवेदन गर्दछु।
अब तुरन्त कुल आचार्य ज्यूको नेतृत्वको NRNA ले आदरणीय शेष घले पक्ष लाई बार्ता संवाद छलफल एकता को लागी आहवान गर्नु पर्दछ।हो मेरो खुट्टा यो बिवादको चपरिमा दुईवटा डुङ्गमै हुनेछ। दुई बटा डुङ्गमा खुट्टा राखेर पनि नदि तरेको अनुभब म संग प्रसस्त छ,जुटाउनको लागी।जस्ले जे भनुन कुल आचार्य जी र शेष घले जी हरु मिल्नै पर्दछ।यो एकता हामी गराएरै छाड्छौं ।
एकतामा भाजो हाली गलत उक्साहट कसैले पनि नगरीदिनु होला। हामी प्रयाश गरि रहेछौं। धैर्य गरौं!हामी सबै साना,तिना,झिना,मसिना कुरामा अल्झने छैनौं।एकताको आभाष दिई NRN आन्दोलनमा ऐकेबद्धता जनाउने छौं। मेरो लागी कुल आचार्य पनि होनाहार शेष घले जी हरु पनि होनाहार ! दुवै दाईहरु वा पक्षहरु एक हुनु पर्दछ। यो हामी गराएरै छाड्छौं ।
स्नेहि आर के त्रिपाठी – लण्डन






