बेलायतले नेपाललाई दियो २१ लाख डोज खोप,

sf7df8f}+, % kmfu'g -/f;;M :jf:Yo tyf hg;ªVof dGqL lj/f]w vltj8f;+u g]kfnsf nflu a]nfotL /fhb"t lgsf]nf kf]ln6n] cfh dGqfnodf lzi6frf/ e]6 ub}{ . tl:j/ dGqLsf] gLlh ;lrjfno
काठमाडौं । बेलायतले नेपाललाई थप २१ लाख डोज कोरोना खोप उपलब्ध गराएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई भेटेर नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले कोरोनाविरुद्धको खोप हस्तान्तरण गरिन् ।

मन्त्रालयमा आयोजित कार्यक्रममा राजदूत पोलिटले बेलायत सरकारका तर्फबाट कोभ्याक्सअन्तर्गत सो खोप सहयोग गरिएको बताइन् ।

मन्त्री खतिवडाले बेलायत र नेपालको दुई सय वर्षभन्दा पुरानो अन्तर्राष्ट्रीय मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै कोभिड महामारीको बेला बेलायत सरकारले गरेको सहयोगप्रति आभार प्रकट गरेका थिए ।

भेटघाट कार्यक्रममा सचिव डा. रोशन पोखरेल, प्रवक्ता डा. संगिता मिश्रालगायत उच्च अधिकारीको उपस्थिति रहेको थियो ।