भारतको चर्चित गायिका लता मंगेशकरलाई कोरोना संक्रमण

एजेन्सी। भारतको चर्चित गायिका लता मंगेशकरको कोरोना संक्रमण भएपछि आईसीयुमा राखेर उपचार भइरहेको छ । उनको उपचारमा सम्लग्न मुम्बईको ब्रीच केण्डी अस्पतालका चिकित्सकको अनुसार मंगेशकरलाई कोभिड–१९ सँगै निमोनिया संक्रमण पनि भएको छ।

उनी अहिले पनि आईसीयूमा रहेको र अझै १०–१२ दिन निगरानीमा रहने चिकित्सकले बताएका छन् । कोरोना संक्रमण भएपछि ९२ वर्षकी मंगेशकरलाई मंगलबार अस्पताल भर्ना गरिएको हो। पाको उमेरको भएका कारण उनलाई निको हुन बढी समय लाग्ने चिकित्सकहरुले बताएका छन्।