लण्डन । बेलायतमा एकीकृत अनुसन्धान तथा विकास केन्द्रको आयोजनामा परिवारभित्र हुने पुस्तान्तर दूरी बढ्नुका कारणहरु, यसप्रकारको दूरी न्युनिकरण गर्न सकिने उपायहरु वियायमा भव्य गोष्ठि सम्पन्न भएको छ ।
संस्थाका कार्यकारी सदस्य तथा एनआरएनए यूकेका कार्यसमिति सदस्य बालकृष्ण दाहाल, प्रमुख संयोजक दैवी प्रकोप तथा आपतकाली सेवा तर्जुमा विभाग एनआरएनए, युकेका बर्तमान कार्य समितिका सदस्यको बिशेष आतिथ्यतामा आइतवार सञ्चालित उक्त गोष्ठिमा ३५ भन्दा बढी व्यक्तिहरुको सहभागिता थियो, जसमा ४० प्रतिशत भन्दा युवाहरु थिए ।

पुस्तान्तर दुरीवारे धारणा प्रस्ट पार्न तथा समूह छलफल अघि बढाउन सजिलो होस् भन्ने ध्ययले एकिकृत अनुसन्धान तथा विकास केन्द्र (आइआरडिसी), वर्कसायर, युके, सिआईसीका निर्देशक कृष्ण न्यौपानेले एक छोटो रोचक ड्रामा प्रस्तुत गरेका थिए र गोष्ठिका सहभागीहरुलाई हँसाएका थिए ।
चार समूहमा विभाजित छलफल गोष्ठिलाई डा. बिष्णु घिमिरे, डा. बासु शर्मा पौड्याल, भरत पौड्याल, कृष्ण न्यौपाने, बाबुराम बाँस्तोलाले सहजिकरण गरेका थिए । समूह छलफलबाटआएका बिचारहरुलाई डा बिष्णु घिमिरे, भूमिका दाहाल, बियाँका दाहाल, क्रिप्सेंन खड्का, सुशान्त चुडालले रोमान्चक रुपमा प्रस्तुति गरेका थिए ।

समूह प्रस्तुतिको क्रममा भाषा, इन्टरनेट सुविधा प्रयोग, शिक्षाको स्तर, बाल बालिका अधिकार र दायित्व, कल्चर, संस्कृतिवारे गलत बुझाई, स्वतन्त्रताको अधिकार, काममा बढी समय दिनुपर्ने, परिवारभित्र समन्वयको अभाव, सोचाईमा परिवर्तन र सुधारको अभाव, वच्चाबच्चिको लागि समय दिन नसक्नु, वच्चाबच्चि प्रति हेरिने दृस्टीकोण र गरिने ब्यवहार, आफ्ना राम्रो धर्म, संस्कृति नयाँ पुस्तामा हस्तान्तरणका लागि समयमा कार्यक्रम संचालन नगरिनु, आदि औंल्याइएको एनआरएनए यूकेका कार्यसमिति सदस्य बालकृष्ण दाहालले जानकारी दिए ।

कार्यक्रमको अन्त्यमा गोष्ठिवारे डा वासु शर्मा पौड्यालले आफ्नो धारणा रेखेका थिए भने कार्यक्रमका सहभागीलाई संस्थाका निर्देशक बाबुराम वास्तोलाले धन्यवाद दिए ।
प्रस्तुती ज्यादै मार्मिक र सान्दर्भिक भएकाले युवाहरुको लागि सुहाउँदो एक कार्यक्रम निकट भविष्यमा संचालन गर्नको लागि युवा समुहलाई अनुरोध गरिएको थियो । उक्त कार्यक्रम सन्चालनको लागि आवश्यक पर्ने सामुदायिक हल, चियापान आदि खर्चको लागि आईआरडिसी कोषबाट व्यहोरिने जनाइएको छ ।

आइआरडिसी संस्था बिधिवत रुपमा दर्ता भएको एक स्थानीय संस्था हो । यो संस्था सन् २०१३ साल देखि रेडिङ्ग क्षेत्रमा कार्यरत छ । स्थानीय समुदायभित्र देखिएका समुदायिक स्वास्थ्य तथा वेलबिङ्ग सम्बन्धि कम्युनिटी पार्टिसिपेटरी एक्सन रिसर्च, खानपान,व्यायाम, स्वास्थ्यको लागि पैदल यात्रा, कफिक्लव, किचन तथा गार्डेन वएष्ट रिसाइक्लिङ्ग तालिम, केही एशियन तरकारी, जडिबुटी, फलफूल प्रवर्धन, जलवायु परिवर्तनसम्बन्धी जनचेतना लगाएतका कार्यक्रम गतिविधिहरु गर्दै आएको छ ।
समाजसेवी तथा सहयोगी मनका धनीका रुपमा चिनिएका बालकृष्ण दाहालले यस संस्थाभित्र रहेर कामगर्न ईच्छुक विद्यार्थी तथा युवा बर्गलाई प्रोत्साहन गर्दै आफ्ना कार्यक्रमहरु रेडिङ्ग क्षेत्रमा बिस्तार गर्दै अगाडी बढिने लण्डन नेपाल न्यूजलाई बताए ।






