धुमधामका साथ शुरू भयो एमाले महाधिवेशनः तस्वीरमा हेर्नुहोस्

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन चितवनमा सुरु भएको छ । आज दशौं हजार नेता कार्यकर्ताका बीचमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका छन् । महाधिवेशनमा देशभरका नेता कार्यकर्ताको सहभागिता रहेको थियो भने प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा लगाएत दलका पार्टीका नेताहरू पनि सहभागि रहेका थिए ।

महाधिवेशन उद्घाटन शत्रलाइ सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनाबबाट आफ्नो पार्टी पहिलो हुने दाबी गरे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना गर्दै अध्यक्ष ओलीले हजारौ जनयुद्धका लडाकुहरू अब एमालेमा प्रवेश गर्ने दाबी गरे ।

सबैको सहयोगमा आगामी चुनाबमा पहिलो पार्टी बन्ने र बाँकी रहेका बिकास निर्माणका काम पनि सम्पन्न गर्ने अध्यक्ष ओलीले बताए । उनले आफु सरकारमा हुँदा गरेका कामहरुको फेहरिस्त पनि सुनाए ।

देशको सार्वभौमसत्ताको रक्षा र विकासका लागि एमालेको एकल बहुमत चाहिएको भन्दै उहाँले महाधिवेशनपछि आफ्नो पार्टी चुनावको तयारीमा लाग्ने पनि बताए ।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले बर्तमान सरकारको आलोचना भने खासै गरेनन् ।

प्रधानमन्त्री देउवालाइ कार्यक्रममा निम्तो गरेर सरकारको टिप्पणी गर्नु शोभनिय नहुने बताएका अध्यक्ष ओलीले सरकारले चाहेर पनि काम गर्न नसकेको हुन पनि सक्ने बताए । महाधिवेशन सफल भएको दाबी गर्दै अध्यक्ष ओलीले देशभरबाट सहभागि भएको र सघाएकोमा नेता कार्यकर्तालाइ धन्यवाद भनेका थिए ।

हेरौं तस्वीरहरु