संसदमा शोक प्रस्ताव पारित

काठमाडौँ, २४ वैशाख ।  व्यवस्थापिका संसदको बैठकले भूकम्पमा परी ज्यान गुमाउनेहरुको शोकमा प्रस्ताव पारित गरेको छ । विहीबार बसेको संसद बैठकले मृतकहरुको चीर शान्तिको कामना गर्दै शोक र मृत्यु भएका परिवारका सदस्य र आफन्तमा समवेदना व्यक्त गरेको हो ।
संसदको शुक्रबार बस्ने बैठकमा भने महाभूकम्पपछिको विपत्को सामना गर्न संकल्प प्रस्ताव पेश गरिनेछ । विहीबार बिहान प्रधानमत्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकले शुक्रबारको बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले सम्बोधन गरी संकल्प प्रस्ताव पेश गर्ने निर्णय गरेको थियो । यस्तै, दलहरुले संविधानसभामा प्रतिनिधित्व गर्ने  सबै दलको साझा अवधारणा तयार गरी संकल्प प्रस्ताव पारित गर्ने बताएका छन् ।