लण्डन । बेलायतमा पछिल्लो समय नेपालीहरुको बसाइ बाक्लिदै गएको पिटरबरो क्षेत्रका नेपालीहरुको संस्था नेपाली समाजको अध्यक्षमा हरिहर भट्टराई चयन भएका छन् ।
पिटरबरोमा रहेका नेपालीहरुको सोमबार बसेको एक भेलाले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । उक्त भेलामा निवर्तमान कार्यसमितिको कार्यकालको आयव्यय प्रस्तुत गर्दै त्यस उपर सहभागीहरुबाट उठाईएका जिज्ञासाहरुलाई समाजका पूर्व अध्यक्ष शिव भण्डारीले प्रष्ट पारेका थिए ।
गोर्खा दरबार रेस्टुरेन्टमा सम्पन्न भएको भेलाले आर्थिक प्रतिवेदनलाई छलफल पश्चात् सर्वसम्मतिले पारित गरेको छ । नेपाली राष्ट्रिय गान बजाई सुरु भएको भेलाका सहभागिहरुलाई समाजका कार्यवाहक अध्यक्ष संगीता कोईरालाले स्वागत गरेकी थिइन् ।
समाजका ट्रष्टीका कार्यावाहक संयोजक बाबुराम धितालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासचिव कृष्ण लुईटेलले गरेका थिए ।
बेलायतको मिडल्याण्ड क्षेत्रकै नेपालीहरुको बाक्लो बस्ती रहेको पिटरबरोमा गठित उक्त समाजले सर्वसम्मतीले नयाँ नेतृत्व चयन गरेको हो । पछिल्लो समय नेपाल र नेपालीहरुको हकहित तथा आपतविपदमा यस समाजले खटेर काम गर्दै आएको छ । एकताको सन्देश दिने गरी यस क्षेत्रका नेपालीहरु एकै संस्थामा गोलबद्ध भएका छन् ।
चार महिना अघि नवौँ कार्यसमितिको चयन गर्ने क्रममा भरत पाण्डेको अध्यक्षतामा कार्यसमिति गठन भएको थियो । पाण्डे सहित भट्टराई दुवै जनाले आकांक्षा व्यक्त गरेको कारण आधा आधा कार्यकाल अध्यक्षता गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार पाण्डेले पद छोडेपछि भट्टराई अध्यक्षमा चयन भएका हुन् ।
कार्यसमितिको उपाध्यक्षमा संगीता कोईराला, भिम खनाल,विष्णु थापा महासचिवमा कृष्ण लुइँटेल सचिबमा जुना सापकोटा, कोषाध्यक्षमा डोलाराज बस्याल (दिपक) सहकोषाध्यक्षमा हरी भुषाल, सदस्यहरुमा बिरेन मुल्मी,अर्चना भण्डारी, उपेन्द्र श्रेष्ठ,नारायण भण्डारी ,लभ लामिछाने शर्मा ,राजकुमार पुडासैनी, राम भट्ट शर्मा,सचीन भट्टराई रहेका छन् ।






