तक्दीर अधिकारी
सिड्नी । तीन महिना अघि ए झरी बोलकोे गत बजारमा ल्याएर निकै लोकप्रिय बनाउन सफल सर्जक रमाकान्त न्यौपानेले नयाँ गीत बजारमा ल्याएका छन् ।
माया प्रेम, द्वन्द र त्यागको कथामा आधारित “साह्रै दिल बस्यो” बोलको म्यूजिक भिडिया सार्वजनिक गरिएको हो । रोशन सिंह र जीना रसाइलीको स्वरमा सजिएको गीतमा शब्द रामकान्त न्यौपानेले गरेका छन् । रोशन सिंहको लय तथा एरेन्जमा सुदिप सागरले साथ दिएको फिल्मी शैलीमा रहेको भिडियोमा माया प्रेम द्न्द र त्यागलाई सुन्दर कथा प्रस्तुत गरिएको छ ।
भिडियोमा रमेश अधिकारी, रोसन सिंह र अरनबी ढुंगानाको मुख्य अभिनय रहेको छ । विक्रम चौहानले निर्देशन गरेको भिडियो नमस्ते प्लस युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । प्रकाश खड्काले आकर्षक फ्रेममा खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन, भिएफएक्स एवम् कलरिङ गरेका हुन् ।
यस अघि ए झरी नामक गीत बजारमा ल्याएर चर्चित बनाएका सर्जक न्यौपाने हाल अष्ट्रेलियामा छन् । कर्मथलो जहाँ भएपनि आफ्नो कला र संस्कृतिलाई सम्मान गर्ने अभियानमा सदैव लागिरहने न्यौपानेको विश्वास छ ।
हेरौ भिडियो ।






